बैतडी । चिकित्सा क्षेत्र सुधारका लागि पटक–पटक अनसन बसका डाक्टर गोविन्द केसी बैतडी पुगेका छन् । समग्र सुदूरपश्चिमको स्वास्थ्य अवस्था बुझ्न भन्दै उनी बैतडी पुगेका हुन् ।
२ दिनसम्म बैतडीमा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको ’boutमा बुझ्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जोशीले जानकारी दिए । यसका साथै यहाँ आउने बिरामीको निशुल्क उपचार गर्ने बताईएको छ । २ दिन बैतडीमा बसेपछी डा. केसी दार्चुला जाने कार्यक्रम छ । डा. केसि अहिले सु.प.का पहाडी जिल्लाहरुमा घुम्दा आमसञ्चारमा भने आउने नचाहेको बताइएको छ । डा. केसिले अहिले पत्रकारहरु संग भेट्न र स्थानिय मिडियाहरुमा अन्तरवार्ता समेत दिन मानेका छैनन् ।
यसअघि डा. केसी वैशाख २५ गतेदेखि बझाङ जिल्ला अस्पतालमा रहेका थिए । त्यसअघि उनि फागुन २० गतेदेखि वैशाख २५ गतेसम्म डडेल्धुरा अस्पतालमा रहेका थिए । बझाङ र डडेल्धुरामा रहँदा उनले बिरामीको उपचार गरेका थिए ।
डाक्टर केसी चिकित्सा क्षेत्र सुधार र काठमाडौँ बाहिर सुदूरपश्चिम लगायत क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने माग गरी पटकपटक सरकार विरूद्ध अनसन बसेर चर्चामा आउने गरेका छन् ।






