करेण्ट लागेर मुगुमा १० खच्चर मरे

मुगु । नेपाल विधुत प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विधुत सेवा व्यवस्थित र सुरक्षित नबनाउदा यहाँ दिनहु स्थानियहरुले सास्ती भोग्नु परेको छ । छायानाथ रारा नगरपालिका वडा न १० र ११ मा वितरित विधुतका पोल, तार र टान्समिटर सुरक्षित, व्यवस्थित र विधुत खपत अनुसारको क्षमताको नहुदा यहाका स्थानियहरु सास्ती भोग्नु परेको हो ।

कम क्षमताको टान्समिटर राख्दा र विधुतको अर्थिङ्ग सुरक्षित नबनाउदा आइतबार दिउसो ३ बजे करेन्ट लागेर १० वटा खच्चर मरेका छन । जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ्ग गाउपालिका तिर जाँदै गरेका खच्चड छायानाथ रारा नगरपालिका वडा न ११ कुसा टाउका भन्ने स्थानमा पुग्दा करेन्ट लागेर १० खच्चर मरेका हुन ।

पानी परिरहेको थियो कुसा टाउका भन्ने स्थानको सडक छेउमा रहेको विधुतको टान्समिटरबाट बिधुत जमिनमा बगेको रहेछ हामिलाइ थाहै भएन एक्कासी १० खच्चड करेण्ट लागेर मरे मलाइ पनि करेण्ट लागेको थियो चप्पल लगाएरको हुदाले सामान्य झड्का मात्र लाग्यो म बचे,म बचेपनी बर्वाद भए कमाइ खाने खच्चड मरे अब कसरी खाने अरु किनौ एउटै खच्चडको १ लाख ५० हजार भन्दा बढी पर्छ आखाबाट आँसु झार्दै खच्चड धनी छायानाथ रारा नगरपालिका वडा न १ का स्थानिय कन्न बहादुर मल्लले बताए ।

मृत्यु भएका खच्चरहरूमा छायाँनाथ रारा नगरपालिका वडा नं. १ का कर्ण बहादुर मल्लका ४ वटा, सोही नगरपालिका वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका ३ वटा गरि जम्मा १० वटा खच्चडहरु रहेको बताइएको छ । सोही स्थानमा शुक्रबार करेन्ट लागेर छायानाथ रारा नगरपालिका वडा नं १२ कम्फा गाउँ निवासी खड्क बहादुर बुढाको पनि भैंसीको पनि घटनास्थलमै मृत्यु भएको थियो

शुक्रवारको घटना पछि कर्मचारी खटाएर त्यहाको समस्या समाधान गरिसकेका थियौ आजको घटना पानी परिरहेको त्यसमाथी हावा हुरि चलेको थियो हावाले विधुतका तारहरु एक आपसमा जोडिदा विधुतका पोल हुँदै जमिनमा करेण्ट बगेकोले भएको देखिएको गमगाढ वितरण केन्द्र मुगुका प्रमुख साजन ऐडीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग