कोभिड–१९ सम्बन्धी ९ विषयमा अनुसन्धान सुरु, यी हुन् विषय

काठमाडौं । नेपालमा कोभिड–१९ सँग सम्वन्धित ९ विधामा अनुसन्धान अघि बढाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासँग जोडिएका ९ विषयमा गर्न लागेको अनुसन्धानमा विदेशबाट आएका नेपालीमा कोभिड–१९ को विशेष लक्षण छ कि छैन भन्ने कुरालाई प्रमुख प्राथमिकता दिइएको छ । परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीका अनुसार संघीय, प्रादेशिक तथा स्थानीय तहले कोभिड–१९ उपचारका लागि के कस्तो तयारी गरेका छन् ? सरकारले छुट्याएको कोभिड १९ अस्पताल तथा क्लिनिकको तयारी अवस्था कस्तो छ ? भन्ने विषयमा पनि अनुसन्धान गर्न लागीएको छ ।
‘परिषद्ले कोभिड १९ संग सम्वन्धित ९ विधामा अनुसन्धान गर्दैछ । यो अनुसन्धानले कोभिड–१९ को ’boutमा आफ्नो धारणा र उपचार तथा रोकथामका लागि थप रणनीति बनाउन मद्यत पुग्नेछ,’ डा. ज्ञवालीको विश्वास छ ।
कोभिड १९ को ’boutमा नेपालमा आम मानिसको बुझाइ कस्तो छ भनेर पनि अनुसन्धान गरिदैछ । यस्तै क्वारेन्टाइनमा बसेकाहरुको मनोवैज्ञानिक असर कस्तो छ भन्ने विषयमा पनि अनुसन्धान गरिने परिषद्ले जनाएको छ ।
कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमा तनाव एन्जाइटी तथा डिप्रेसन छ कि छैन भनेर पनि अनुसन्धान गरिने भएको ।
यस्तै, भाइरसविरुद्ध प्रयोग भइरहेका आयुर्वेदिक औषधिका ’boutमा पनि अनुसन्धान अघि बढाइएको छ । भाइरसविरुद्ध पनि प्रयोग हुने तितेपाती, लसुन, गानो गुर्जु, तुलसी, बेसारको ’boutमा अध्ययन गर्ने गरी अनुसन्धान टीम बनाइएको परिषद्ले जनाएको छ । कोरोनामा विभिन्न देशले अघि सारेको उपचार विधि प्लाज्मा थेरापी, सार्स कोभिड–२ संग तुलना गरी जीन सिक्वेन्सीङको पनि अध्ययन गरिनेछ ।

अनुसन्धानका विषय
–कोभिड अस्पतालको अवस्था र तयारी
–कोरोना’bout नागरिकको धारणा
–क्वारेन्टाइनमा बसेकाको अवस्था
–अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको अवस्था
–भाइरसविरुद्ध प्रयोग हुने आयुर्वेदिक औषधिको अध्ययन
–विदेशबाट फर्किएकाहरुमा लक्षण देखिएको छ या छैन
–होल जिन सिक्वेन्सिङ
– विश्वस्वास्थ्य संगठनको ऐक्यबद्धतामा औषधि र भ्याक्सिनसम्बन्धी क्लिनिकल ट्रायल
—कोरोनाबाट निको भएका व्यक्तिहरुको प्लाज्मा निकाली नयाँ विरामीमा गरिने उपचार

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी