मुगुमा टेक्टर दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

मुगु । मुगु स्थित खत्याड गाउँपालिकाको माझचौर बजारबाट बालुवा लिएर वडा न ४ जिउका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा न ४ पैखु गाउँका सारदा थापा हुन् । उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरुमा सोही वडा हिगोटी गाउँका जस सार्की, दल विक, जिउका गाउँका जौकला रोकाया, धनराज रोकाया, हुकुम रोकायाकी श्रीमती, पैखु गाउँका अमना थापा, दलविर थापाकी छोरी, वडा न ६ घर भएका ट्याक्टर चालक दानबहादुर बुढथापा रहेका छन् ।

घाइते आठै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । ज १ त ५११२ नम्बरको ट्याक्टर माझचौरबाट बालुवा लिएर जिउका जाँदै गर्दा आइतवार राति ९ बजेतिर वडा न ४ राम्रीकाद भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट ७ सय मिटर तल खसेको थियो ।

घटना लगतै प्रहरी चौकी माझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी घटना स्थलमा पुगेको थियो स्थानिय र प्रहरीहरुले घाइतेहरुलाइ उद्दार गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी