राजधानीकर्मी हमाल सम्मानित

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकाले मुगु जिल्लामा कार्यरत राजधानी दैनिक जिल्ला संवाददाता बिमल हमाललाई सम्मान गरेको छ । जिल्लामा बसेर पत्रकार हमालले दुई दसक देखि पत्रकारीता गर्दै आएका छ्न ।

जिल्लाको बिकास निमाण , पर्यटन, आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा धामिक एवं साहित्य क्षेत्रमा कलम चलााए बापत मुगुको छायानाथ रारा नगर पाालिकाले पत्रकार हमाललाई सम्मान गरेको हो ।

छायानाथ रारा नगर प्रमुख बिस्नु कुमार भामले मगलबार १७ ओ नगर अधिवेशन (बजेट सभा ) काे अवसर पारी सम्मान पत्र प्रधान गर्दै सम्मान गरेका हुन । सम्मानित हुनेमा अन्य दुई जना पत्रकार पनि रहेएका छन । प्राइम टेलिभिजनका रिपोर्टर राजेस्वर मल्ल र मोनो लिसा मिडिया का बसन्त बाक्चन रहेका छ्न ।

१७ औँ नगर अधिबेशन (वजेट सभा ) सभाको उद्घाटन कार्यक्रममा लामो समयदेखि मुगु जिल्लाको पत्रकारितामा योगदान दिएका क्रियाशिल पत्रकारहरुलाई नगरपालिकाले सम्मान गरेको हो ।

छायाँनाथ रारा नगरपालिकाको १७औँ नगर सभाको उदघाटन सत्र कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लको प्रमुख आतिथ्य तथा विशिष्ठ अथिति जिल्ला सयोजक मन्जन कार्की र नगरप्रमुख बिष्णुकुमार भामको सभाध्यक्षमा मगलबार सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग