गृहमन्त्रीले गरे सशस्त्र प्रहरीको कामको प्रशंसा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरी बलले उत्कृष्ट कार्य गरेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित ‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ को समापन समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले सशस्त्र प्रहरी बलको परिचालनलाई अझ प्रभावकारी बनाउन सम्मेलन महत्वपूर्ण रहेको चर्चा गर्दै राष्ट्रको सेवाका लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त संगठनले सीमा सुरक्षाजस्तो संवेदनशील कार्य, आन्तरिक सुरक्षा तथा विपद् व्यवस्थापनलगायतमा उत्कृष्ट योगदान पु¥याएको बताए ।

राजस्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापनजस्ता कार्यमा सशस्त्र प्रहरी बलको महत्वपूर्ण भूमिका र उत्कृष्ट कार्यसम्पादन रहेको उनको भनाइ थियो । धेरै ठाउँमा सशस्त्र प्रहरीका युनिट स्थापना गर्न आमनागरिकबाट माग आएकाले यो नागरिकको विश्वास बढेको उदाहरण भएको चर्चा गर्दै गृहमन्त्री लेखकले सीमित स्रोतसाधनले काम गर्नुपर्ने अवस्था रहे पनि यसमा सशस्त्र प्रहरी बलको कार्यसम्पादन उत्कृष्ट रहेको उल्लेख गरे ।

संगठन सुधारका लागि मन्त्रालय गम्भीर रहेको र आधारभूत आवश्यकताको व्यवस्थापन गर्दै मन्त्रालयका तर्फबाट कानुनी, नीतिगत मार्गदर्शन हुनेसमेत उनले बताए । मनसुन सुरु भइसकेको हुँदा तयारी हालतमा रहन जरुरी रहेकाले सबै प्रदेशमा जोखिमको मूल्यांकन गरेर सोहीअनुसार कार्य गर्न सबै बाहिनीपतिलाई उनले निर्देशनसमेत दिए ।

सुरक्षा निकायको आवश्यकता पूरा गर्न मन्त्रालयले कार्य गरिरहेकाले स्रोतसाधनको उपलब्धता मन्त्रालयको प्राथमिकतामा रहेको गृहमन्त्री लेखकले बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलन नतिजामुखी बनाउने र संगठनको समसामयिक विषयमा छलफल भएको र प्रतिबद्धतालाई कर्ममा बदल्दै राज्यले दिएको जिम्मेवारी पूरा गर्न संगठन लागिरहेको बताए । उनले आमनागरिकको सुरक्षा, विपद् उद्धारलगायतका कार्यमा थप प्रभावकारी कार्यको प्रतिबद्धता व्यक्त गरे ।

फिल्डमा नतिजामुखी कार्यका लागि मातहतलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले राजस्व संकलनमा थप निर्मम हुन जरुरी रहेको बताए ।

केही दिनअघि पूर्वी नवलपरासीमा मध्यरातमा गरिएको उद्धार कार्यमा खटिएका नं. ३१ गुल्मका सबै सुरक्षाकर्मीलाई आन्तरिक रूपमा पुरस्कृत गरिएको पनि महानिरीक्षक अर्यालले जानकारी गराए ।

बुधबार र बिहीबार सञ्चालन भएको सम्मेलनमा विशेषगरी सीमा सुरक्षा र विपद् व्यवस्थापनलगायतका विषयमा भौतिक तथा भर्चुअल माध्यमबाट छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी