वीरेन्द्र र मन्टु जबरजस्ती करणी अभियोगमा पक्राउ

सुर्खेत । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलाल बस्ने दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ घर भएका ३३ वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग