फाइनलमा पुग्यो राजविराज रोयल्स

राजविराज । स्थानीय पबिमाबिको खेल मैदानमा जारि राजविराज मेयर कप सप्तरी महिला प्राईड लिग दोश्रो सिजन अन्र्तगतको लिगको शुक्रबार भएको अन्तिम खेलमा सुरुङ्गा रोयल्सले राजविराज रोयल्सलाई रोमान्चक खेलमा २३ रनले पराजित गरेको छ ।

टस जिती ब्याटिंग रोजेको सुरुङ्गा सरभाइभल्सले निर्धारित २० ओभरको खेलमा ३ विकेटको नोक्सानीमा १ सय ७५ रनको योगफल तयार पारेका थिए । सुरुङ्गाका लागि रोमा थापाले उत्कृष्ट ब्याटिंग गर्दै ४४ बलमा ११ चौक्काको मद्दतले ७४ रनको योगदान दिएका थिए भने साना प्रविण ४१ र सानु राजबंशीले नटआउट रहि ३९ रनको योगदान दिए । बलिंग तर्फ राजबिराजका चाँदनी खातुन र साक्षी यादवले सामान १–१ बिकेट लिए ।

१ सय ७६ रनको विजयी लक्ष्य लिई मैदानमा ओर्लेको राजविराजले राम्रो प्रयास गरेतापनी २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५२ रनमात्र बनाउन सकेका थिए । राजबिराजका लागि शिवानी साहले उत्कृष्ट ब्याटिंग गर्दै ४८ बलमा ८ चौक्काको मद्दतले नटआउट रहि ५४ रनको योगदान दिएका थिए भने प्रनिश रानामगरले ३६ तथा प्रतिमा साह २८ र अपेक्षा यादवले २१ रनको योगदान दिए ।

बलिंग तर्फ सुरुङ्गा कि सरस्वती चौधरीले २ तथा रोजि कडारी र विद्या रामले सामान १–१ बिकेट लिए । उक्त खेलको प्लेयर अफ द म्याच उत्कृष्ट ब्याटिंग गरेकी सुरुङ्गा कि रोमा थापा घोषित भइन् । प्रतियोगिता अन्र्तगत फाइनल खेल शनिवार राजविराज रोयल्स र खडक क्वीन्स बिच हुने आयोजक समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी