दृष्टिविहीन बालबालिकालाई सिटिजन बैंकको सहयोग

मुगु । जिल्लाको छायानाथ रारा नगर पालिका–२ चैन गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा विशेष शिक्षा अन्तर्रगतका अध्ययनरहत दृष्टिविहीन बालबालिकालाई सिटिजन बैक गमगढी शाखाले लत्ताकपडा उपलब्ध गराएको छ ।

सिटिजन बैंक गमगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तरगत नेपाल रािष्ट्रय आधारभुत विद्यालयमा अध्ययनरहत १० जना बालबालिकालाई लत्ताकपडा वितरण गरेको हो ।

उक्त विद्यालयमा अध्ययनरहत १० जना दृष्टिविहीन बालबालिकालाई बैकले सुत्नका लागि प्रयोग गरिने ओड्ने ओछ्याउने खानेपानीको फिल्टर लगायत अन्य सामाग्री उपलब्ध गराएको सिटिजन बैंक मुगु गमगढी शाखाका प्रबन्धक कलम सेजुवाले जानकारी दिए । साथै प्रत्येक वर्ष बैंकले प्रदान गर्ने संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमको रकमलाई यो आर्थिक वर्षमा शैक्षिक संस्थालाई प्रदान गरिएको उनले बताए ।

त्यस्तै गरी जिल्लाकै छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा अध्यनरहत फरक क्षमता भएका बालबालिकालाई २५ हजार बराबरको खाजा र मीन माध्यमिक विद्यालय भारेकोटलाई २५ हजार बरावरको खेलकुद सामाग्री वितरण गरेको सिटिजन बैंक गमगढी शाखाले जनाएको छ ।

ओढ्ने ओछ्याउने लत्ता कपडा पाएपछि नेपाल राष्ट्रिय आधारभुत विद्यालय बालमन्दिरका दृष्टिविहीन विद्यार्थीले आफुहरु खुसीभएको र आफूले ओढ्ने ओछ्याउन कपडा पुरानो भई सुत्न कठिनाई भएको थियो, सिटिजन बैकले हामीलाई नयाँ ओछेयाउने कपडा दिएकोमा सुत्न सहज हुने भएकाले बैकप्रति आभार प्रकट गरेका छौ’ टक्क खत्रीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग