प्रादेशिक टीभीईटी प्रोफाइलको प्रबोधीकरण

काठमाडौं । बाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्को अगुवाइ तथा क्वालिटी परियोजनाको प्राविधिक सहयोगमा निर्माण भएको प्रादेशिक टीभीईटी प्रोफाइलको प्रबोधीकरण तथा विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

विमोचन कार्यक्रममा बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यता, वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, पूर्वमन्त्री तथा बाग्मती प्रदेशसभा सदस्य कृष्णप्रसाद शर्मा खनाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मुक्तान, बाग्मती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुम सुवेदीको विशेष आतिथ्यता रह्यो ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख, टीभीईटी शाखा प्रमुख, विद्यालय र शिक्षालयका प्रमुख एवं प्रतिनिधिहरू तथा विद्यार्थी, नागरिक समाज एवं अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्यक्रमहरूको योजनाबद्ध विकासको आधारशिलाका रूपमा यो प्रोफाइल तयार गरिएको हो ।

यस प्रोफाइलले बाग्मती प्रदेशभित्रको आर्थिक र जनसांख्यिकीय अवस्था, औपचारिक तथा अनौपचारिक रूपमा रहेको टीभीईटी प्रदायक निकायहरूको अवस्था साथै उद्योग र रोजगारीको अवस्थासमेत चित्रण गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग