पिपरामा पहिलोपटक ‘आङ खस्ने’ रोगको सफल उपचार

कपिलवस्तु । बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित पिपरा अस्पतालले इतिहास रच्दै पहिलोपटक महिलाको जटिल ‘भजाइनल हिष्टेक्टोमी विद पेल्भिक फ्लोर रिपेयर’ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।

वाणगंगा–९ की एक महिलाको विहीबार गरिएको यो अप्रेसनले अस्पतालको सेवा विस्तारमा नयाँ युगको सुरुवात गरेको छ। महिला तथा प्रसूति रोग विशेषज्ञ डा. जागृति खनाल र एनेस्थेसिया विशेषज्ञ डा. सुमन श्रेष्ठको दक्ष टिमले संयुक्तरूपमा शल्यक्रिया सम्पन्न गरेका हुन्। उल्लेखनीय कुरा के हो भने, यो सेवा वाणगंगा नगरपालिकाको सहयोगमा पूर्ण निःशुल्क रूपमा प्रदान गरिएको हो।

शल्यक्रिया पश्चात बिरामीको अवस्था सामान्य रहेको र स्वास्थ्यमा क्रमिक सुधार देखिएको अस्पताल प्रमुख डा. सरस्वती भट्टराईले जानकारी दिइन् । यसअघि पिपरा अस्पतालमा यस्ता जटिल शल्यक्रिया नभएको हुँदा, स्थानीय बासिन्दा यस्तो सेवाबाट निकै उत्साहित भएका छन्।

वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले यस किसिमका जनमैत्री सेवा अझै विस्तार गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप गुणस्तरीय सेवा पुर्‍याउने आश्वासन दिए ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा अर्को सुचना जारी नभएसम्म ‘डिजे’ बजाउन प्रतिबन्ध