काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् भने दिपक शर्मा बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्बाचित भएका छन।
त्यस्तै सुजाता केसी सहमतिमा उपाध्यक्ष साथै सनम कठायत निर्विरोध महासचिवपदमा निर्वाचित भएका छन् । रिता केसी सचिव सहमतिमा निर्बाचित भएका छन भने बेनिश पौडेल महिला सचिव, प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन। त्यस्तै मनोज परियार, बिरेन्द्रसिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गिता पाण्डे, सुभाष तिमसिना, प्रमोद डिजी र प्रज्वलराज भट्ट सदस्यमा निर्विरोध निर्वाचित भएका छन।
१७ सदस्यीय कार्य समितिमा बाँकि २ सदस्य भने नयाँ कार्य समितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहकारहरु राजु सिंह,डा टिका भन्डारी,माधब राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा,गीतकार डा ओम कृष्ण प्रसाईं ,बीबी थापा, राजेन्द्र लुईटेललगायतका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रम अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो।कार्यक्रममा नबनिर्बाचित अध्यक्ष थापाले गीत संगीतको विकृति विसङगती नियन्त्रणमा कटिबद्ध भएर लाग्ने बताए ।
साथै प्रतष्ठानका नवनिर्वाचित महासचिव सनम कठायतले पछिल्लो समय कलाकर्मीहरुमा बढेको नैराश्यतालाई सम्बोधन गरि केही रचनात्मक कार्यक्रमको थालनी गर्ने साथै श्रष्टाहरुको स्वास्थ्य प्राथमिकतामा राखेर छिट्टै सिङ्गो कलाकर्मीहरुको हित हुने कार्यक्रम थालनी गर्ने र श्रष्टाहरुको स्वास्थ्य विमा लगायतका सामाजिक कार्यहरुमा संस्थाले ठोस पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिले प्रतिष्ठानले गौरव गर्ने विभिद प्रभावकारी रचनात्मक कामहरु गर्नेमा आशावादी रहेको प्रतिष्ठानका स्थापक निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईले बताए । साथै नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुले आआफ्नो तहबाट समर्पित भएर श्रष्टामुखी कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।






