आदिवासी जनजातीको महत्वपूर्ण योगदानः मन्त्री लेखी

राजविराज । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मुलुकमा आएको ऐतिहासिक परवर्तनमा आदिवासी जनजातीको पनि महत्वपूर्ण योगदान रहेको बताएका छन् । राष्ट्रिय स्वावलम्बन विकास समाज कञ्चनरुप्द्वारा सप्तरीको कञ्चनरुप नगरपालिका ८ मा सोमबार आयोजित प्रदेशस्तरीय आदिवासी जनजाति सम्मेलनको उदघाटन गर्दै मन्त्री लेखीले सो कुरा बताएका हुन् ।

मन्त्री लेखीले आदिवासी जनजाति, थारु, मधेस बिद्रोहसहितका पहिचान र अधिकार प्राप्तिको आन्दोलनले देशमा नयाँ शासन व्यवस्था आएको भन्दै यस्तो उपलब्धिलाई सबै मिलेर रक्षा गर्नुपर्नेमा जोड समेत दिए । देशमा संघीयताको पहिलो आवाज उठाउने जाति आदिवासी समुदाय भएको दावी गर्दै उनले विभिन्न पार्टी तथा व्यक्तिले बर्तमान व्यवस्था परिवर्तनको श्रेय लिने प्रयास गरिरहेको बताए ।

‘देशमा संघीयता आफै आएको होइन, यसमा आदिवासी जनजाति मधेसी, मुस्लिम दलित, महिलाको ठुलो योगदान छ–उनले भने, ‘संघीयता समाबेशीता, समानता र समता मुलक समाज, स्वायत्तताको आवाज आदिवासी अगुवाहरुले २००९ सालमै उठाएको थियो, २०६२÷६३ को आन्दोलनले मात्र देशमा संघीयता आएको होइन ।’

उनले आफुले लडेर ल्याएको व्यवस्थालाई अधिकार सम्पन्न बनाउन अझै संघर्ष गर्नुको विकल्प नरहेको बताए । ‘हालको शासन व्यवस्था उत्पीडित, अपेक्षित समुदायकै लागि हो’ मन्त्री लेखीले भने,’आदिवासी जनजाति आन्दोलन समानताको आन्दोलन हो’ स्थानीय, प्रदेश सरकार स्वायत्त छ की छैन त्यो खबरदारी पनि गर्नु जरुरी छ ।’

हामीले पाएको अधिकार अझै प्रयाप्त नभएको जिकिर गर्दै उनले सम्मेलनले आदिवासी जनजातिको हकअधिकार सुनिश्चितताको लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले जनतामा फेरि एकात्मक केन्द्रकृत मानसिकता लाद्ने प्रयास गरिए महंगो हुने चेतावनी समेत दिए। लेखीले स्थानीय सरकारले संघीय शासन प्रणाली अनुसार आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला , अपाङ्ग र अल्पसंख्यक समुदायको उत्थानका लागि नीति बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

आयोजक समितिका अध्यक्ष माधव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता, एमाले केन्द्रीय सदस्य दिवाकर देवकोटा, कञ्चनरुप नगरपालिकाका पूर्व मेयर वसन्त कुमार मिश्र, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी पूर्व उपाध्यक्ष मिना चौधरी, नेवाः देयः दबूका केन्द्रीय सदस्य दक्ष नारायण श्रेष्ठ, आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशकी उपाध्यक्ष प्रिया सिंह थारु, महासचिव बृजमान तामाङ, नेपाल मगर संघ मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष कारिमान मगर, आदिवासी अनुसन्धानकर्ता अधिवक्ता सुकदेव चौधरी, सरिता चौधरी, सम्झना राना लगायतकाले शुभकामना दिएका थिए ।

सम्मेलनले आदिवासी जनजातिको मौलिक परम्परा, संस्कृति संरक्षण प्रबद्र्धन तथा समतामुलक समाज निर्माणसहितका १३ बुँदे कञ्चनरुप घोषणा पत्र समेत जारी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

रोलिङसँग फिदिम ३–० ले स्तब्ध