तस्करी कारोवारमा चर्चित गुप्ता पक्राउ

वीरगन्ज । आर्थिक नगरी वीरगन्जमा रुन्चे नामले परिचित मदन प्रसाद गुप्ता अवैध हुण्डी कारोवारमा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेको छ । श्रोत नखुलेको अवैध साढे पाँच लाखसहित आइतबार भारतको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने सुरेश महतो पक्राउ परेको १२ घण्टा बित्न नपाउँदै रुन्चे पक्राउ परेका हुन् ।

तस्करी कारोवारमा पनि हरेक समय चर्चामा रहँदै आएका गुप्ता अवैध वित्तीय कारोवार (हुण्डी ) कारोवारीहरुसँग संलग्न रहेको खुलेपछि पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । गुप्ता केही दिन पहिलेदेखि नै प्रहरीको खोजी सूचीमा रहे पनि आइतबार राति पक्राउ परेको पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले बताइन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उनको भनाइ छ । पक्राउ पछि प्रारम्भिक अनुसन्धानका क्रममा उनको लिंक अवैध हुण्डी कारोवारीसँग जोडिएको खुल्दैछ । यो बिषयमा थप अनुसन्धन पछि थप कुराहरु बताउन मिल्ने प्रहरी उपरिक्षक पन्तको भनाइ छ ।

तस्करी कारोवारमा संलग्न गुप्ताको यो भन्दा पहिले पर्सामा आउने धेरै प्रहरी अफिसरहरुसँग उनको राम्रो उठबस हुने भएकोले मंगलबार अवकास पाउँदै गरेका नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल वीरगन्ज बस्दा समेत उनी उम्किदै आएका थिए ।

नक्कली कागजपत्र बनाई सरोकारवालाहरुलाई आर्थिक प्रभावमा पारेर बाराबाट नेपाली नागरिकता लिन सफल गुप्ता साविकको भारत पूर्वी चम्पारण विसुनपुर्वा घर भएका भारतीय नागरिक रहेको पनि चर्चा पर्सामा ताजै छ । ट्रान्सपोर्ट व्यवसायी समेत रहेका गुप्ताले त्यहिबाट अवैध कारोवारलाई शिखरमा पु¥याएको वीरगन्जका प्रायः अधिकांशलाई ट्रान्सपोर्ट व्यवसायीहरु बताउँछन् । उनको अति अश्वाभाविक हर्कतले ट्रान्सपोर्ट व्यवसायीहरु पनि बद्नाम हुन परेको नाम उल्लेख नगर्न भन्दै उनीहरुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९