गर्मी छल्दै सिमसारमा बोटिङ्गमा रमाउँदै

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ५ मा रहेको सिसाघारी सिमसारमा गर्मी छल्न आउने पर्यटकहरु बढेका छन् । चर्को गर्मीमा पनि यहाँको शितल वातावरणका साथै पार्कहरुमा रमाउँदै डुंगा सयर बोटिङ्ग’ गर्न आन्तरिक र वाह्य पर्यटकहरु आउने गरेका छन् । ’round हरियो वन जंगल साथमा ठूलो सिमसारमा रमाउँदै शितलतामा रमाउन पर्यटकहरु आउने गरेका हुन् । यहाँको वातावरण, पार्क वोटिङ्ग साह्रै राम्रो लाग्यो, गर्मीमा पनि शितल हुने रहेछ । भारतको जयनगरबाट पहिलो पटक सिमसार आई पुग्नु भएकाले भने । यो सिमसार जान भन्छु साह्रै राम्रो रहेछ ।

कटारी नगरपालिकाको कटारी बजारबाट १५ मिनेटको साना ठूलो सवारीमा पुग्न सकिने सिमसारमा वालवालिकाहरुका लागि चिल्ड्रेन पार्क, फोटो खिच्नका लागि प्रेमको प्रतिक चिन्ह (लभ साईन) वन्य जन्तुहरुको संरक्षण गरिएको निल गाई, मृग लगायतका जन्तुहरु, आकर्षक पिङ्ग, झुला तथा विभिन्न पार्कहरु निर्माण गरिएको छ । सिमसार आसपासका वनहरुलाई हरियाली वनाउन वृक्षारोपणहरु गरिएको छ ।

यहाँ दैनिक हजारौं आन्तरिक र वाह्य पर्यटकहरु आउने गरेको सिसाघारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा सिसाघारी सिमसार पर्या पर्यटनका संयोजक दिलबहादुर अधिकारीले बताए । यहाँ दैनिक पर्यटकहरु आउँछन् चार वटा वोट जहिले व्यस्त हुने गरेको छ । सिमसारको आम्दानी मात्रै प्रत्येक शनिबार कम्तिमा ३ हजारदेखि १५ हजार सम्म हुने गरेको छ ।

सिमसारमा बालवालिकाहरुका लागि चिल्ड्रेन पार्क प्रति व्यक्ति प्रवेशका लागि २५ र बोटिङ्गका लागि ५० रुपैंया राखिएको छ । पछिल्लो समय कटारी नगरपालिकाकै पर्यटनको एक मात्र गन्तव्य सिसाघारी सिमसार वन्दै आएको छ । कटारी आउनेका लागि पहिलो घुम्ने गन्तव्य नै यहि सिमसार हो वडाध्यक्ष मोहन तामाङ्गले भने ।

वाह्रै महिना यहाँ पर्यटकहरु आउने गर्दछन् यो कटारीकै गहना भईसक्यो । सिसाघारी सिमसार विकासका लागि कोशी प्रदेश सरकार, कटारी नगरपालिका, डिभिजन वन कार्यालय त्रिवेणी (कटारी), चुरे उत्थानसिलको कार्यालय ईटहरी, सामुदायिक वन उपभोक्ता समूहको लगानी छ । यसलाई कोशी प्रदेशकै नमुना सिमसारका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार