संवैधानिक परिषद्सम्बन्धी विधेयक संवैधानिक खोट देखाएर संसद्मै फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेका छन् । संघीय संसद्का दुवै सदनबाट पारित भएको विधेयकका केही प्रावधानप्रति असहमति र आशंका जनाउँदै पौडेलले फिर्ता पठाएका हुन् ।

विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा फिर्ता पठाउने क्रममा राष्ट्रपति पौडेलले विभिन्न तर्क दिएर बहुमतले निर्णय गर्नसक्ने व्यवस्थामा असहमति जनाएका छन् । उनले संवैधानिक अंगका प्रमुख र पदाधिकारी नियुक्ति गर्दा संविधानले व्यवस्था गरेअनुसार समानुपातिक, समावेशी र सहभागितामूलक मर्मविपरीत विधेयक आएको भनेका छन् ।

संविधानको धारा २८४ को भावना र मर्मविपरीत दुवै सदनबाट विधेयक पारित भएर आएको राष्ट्रपतिको भनाइ छ । सो धाराले परिषद्मा रहने सदस्य तोकेको छ । तर, पारित भएको विधेयकले संविधानले तोकेको पदाधिकारी खाली भएको अवस्थामा उपस्थित हुनु अनिवार्य नहुनेगरी विधेयक तयार पारेको थियो । यसमा राष्ट्रपतिको सबैभन्दा धेरै आपत्ति छ ।

उनले बहुमत उपस्थित भएर गरेको निर्णयले वैधता पाउने विधेयकको व्यवस्था संविधानविपरीत हुने भनेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्बाट पारित गरेको विधेयक फिर्ता गरेको यो पहिलोपटक हो ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको प्रश्न दबाएर सत्य लुकाउन सकिँदैन : कांग्रेस मधेस प्रदेश उपसभापति सिंह