पहिलो पटक सैनिक अफिसरको भूमिकामा सलमान

मुम्बई । बलिउड अभिनेता सलमान खान यति बेला आफ्नो नयाँ चलचित्र ‘ब्याटल अफ गलवान’को छायांकन तयारीमा छन् । सलमान अहिले यो चलचित्रको लागि सैनिकको कडा तालिम लिइरहेका छन् । उनी चलचित्रमा सैनिक अफिसर बन्न लागेको यो पहिलो पटक हो । त्यसैले उनले यस पटक बढी नै मेहनतका साथ तालिम लिइरहेका छन् ।

यो चलचित्र २०२० मा गलवान उपत्यकामा भएको भारत र चिन पक्षका सैनिकको झडपमा आधारित रहने छ । सलमान यसमा कर्नेल सन्तोष बाबुको भूमिकामा देखिने छन् । पहिलो पटक सेना अधिकारीको भूमिकामा देखिन लागेकाले बढी उत्साहित भएको उनले बताएका छन् । यो चलचित्रलाई अपूर्व लाखियाले निर्देशन गर्नेछन् । उनीसँग चित्रांगदा सिंह, अंकुर भाटिया र साकिब सलीम जस्ता कलाकारहरू हुनेछन् ।

यो चलचित्रको पहिलो पोस्टर (फस्ट लुक्स) पनि सार्वजनिक गरिएको छ । पोस्टर आएपछि अहिले सलमान चर्चामा छन् । यसै बिच सलमान खानले आफ्नो इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफ्नो फोटोमा पछुतोको क्याप्सन लेखेका छन् ।

क्याप्सनमा उनले यस्तो लेखेका छन्,‘वर्तमान तपाईँको विगत बन्छ, विगतले तपाईँको भविष्यलाई समात्छ । वर्तमान उपहार हो, यसलाई सच्याऊँ । बारम्बार गरिएका गल्तीहरू बानी बन्छ र त्यसपछि तपाईँको चरित्र । कसैलाई दोष नदिनुहोस्,’ उनले अगाडि लेखेका छन्,‘कसैले तपाईँलाई त्यस्तो काम गर्न लगाउन सक्दैन जुन तपाईँ गर्न चाहनुहुन्न। मेरो बुबाले मलाई यो भन्नुभएको छ । यो बिलकुल सत्य हो कि मैले यो धेरै पहिले सुनेको थिएँ, तर पनि अझै ढिलो भएको छैन।’

सलमानले मध्यरातमा आफ्नो तस्बिरसँगै यस्तो स्ट्याटस लेखेपछि अहिले यो स्ट्याटस चर्चामा छ । उनले के कुरामा पछुतो गरिरहेका छन् भन्ने कुराको फरक फरक अनुमान लगाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन