नीति होइन, नेतृत्वकैवरिपरि नेकपा माओवादी बैठक

काठमाडौं । पार्टीको भावी राजनीतिक कार्यदिशा र कार्यनीतिका विषयमा केन्द्रीत हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक नेतृत्वकै वरिपरि केन्द्रीत बनेको छ । शुक्रबारदेखि सुरु बैठकमा बोल्ने अधिकांश नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा, बचाउ र नेतृत्वमा निरन्तरताको पक्षमा धारणा राख्नमै सिमित देखिएका छन् ।

बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले नेतृत्वको प्रशंसा मात्रै गरेनन अहिले नेतृत्व फेर्ने समय नभएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा अगाडी बढनुको विकल्प नभएको बताएका छन् । नेतृत्व फेर्नुपर्ने अभियानमा रहेका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले सार्वजनिक रुपमै दिएको अभिव्यक्तिलाई नेतृत्वसँग जोडेर अधिकांश सदस्यले अनुशासनहीन अभिव्यक्ति भनेका छन् ।

प्रचण्डको प्रशंसा, बचाउनमा लागेका नेताहरू भने शर्मालाई ‘अनुशासनहीन’ भन्दै अनुशासनको कारबाही गर्नुपर्ने धारणा राखेको एक पदाधिकारीले जनाए । ‘अहिले नै नेतृत्व फेर्ने समय नभएको’ र ‘पार्टीभित्रको असन्तुष्टि सार्वजनिक रूपमा बोल्दै हिँड्नु अनुशासनविपरितको कार्य भएको’ भन्दै शर्माको आलोचना भएको छ ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले ‘पार्टी अध्यक्ष प्रचण्डको विकल्प खोज्ने समय नभएको’ भन्दै ‘प्रचण्डकै नेतृवमा पार्टी संगठन निर्माण अभियानलाई अगाडि बढाउनुपर्ने’मा जोड दिए । शनिबार बसेको बैठकमा धारणा राख्ने क्रममा पौडेल पार्टीभित्रको असन्तुष्टि बाहिर राख्न नपाइने र केही भए पार्टी बैठकमै राख्नुपर्ने पक्षमा उभिए । ‘पार्टी एकताबद्ध गराउदै अघि बढ्नुपर्छ ।

प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन । नेतृत्वको विकल्प खोज्दै बाहिर बोल्ने, पार्टीभित्रको असन्तुष्टि सार्वजनिक रुपमा राख्न पाइदैन । त्यस्तो बिषय त पार्टी बैठकमै राख्नुपर्छ,’ पौडेलले राजधानीसँग भने, ‘मलाई मन लाग्दैमा बाहिर जे पनि बोल्दै हिँड्नु अनुशानसनविपरितको कार्य हो ।

यसले पार्टी संगठन बन्दैन, पार्टी संगठन बनाउन बाहिर मनलाग्दी बोल्ने काम बन्द गरी आफ्ना कुरा पार्टी बैठकमै राख्दा संगठन बन्छ भनेर आफ्ना धारणा राखेको छु ।’ बैठकमा संगठन निर्माण, पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने, पार्टीको अभियान जनताका बीचमा लैजानेलगायतका विषयमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले पार्टीको अगामी कार्यक्रमलाई नेताहरूले समर्थन गर्दै पार्टीलाई एकताबद्ध तरिकाले अगाडी बढनुपर्र्ने, पार्टी एकता अझ बलियो बनाउनुपर्ने साथै पार्टीको नीति र नेतृत्व’bout सार्वजनिक रूपमा बोल्ने कार्य ‘ठीक नभएको’ विषयमा बैठकमा बोल्ने नेताको समान धारणा रहेको उल्लेख गरे ।

बैठकमा बोल्ने नेताले विगतमा भएको कमजोरीप्रति आत्मालोचना गर्दै प्रचण्डको प्रशंसा गर्नमै समय खर्च गरे । उपमहासचिव मातृकाप्रसाद यादवले विगतमा पार्टी विभाजन, गरेको र प्रचण्ड नेतृत्वको विकल्प खोजेकोमा बैठकमा आत्मालोचना नै गरे । ‘विगतमा मैले प्रचण्डको विकल्प नै खोजे । पाटी नेतृत्व र नीतिको आलोचना पनि गरे ।

पार्टी नै विभाजन गरेर अर्को पार्टी निर्माण गरें, त्यो मेरो कमजोरी हो । त्यसका लागि म आत्मालोचना गर्छु,’ यादवको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘अहिले नै प्रचण्डको विकल्प खोज्नु ठीक होइन । पार्टीको वर्तमान नीति र नेतृत्वको पक्षमा छु ।’ बैठकमा सचिव राम कार्कीले पार्टी नेतृत्व परिवर्तन र जनवादको अभ्यासका लागि प्रत्येक ९ महिनामा नेतृत्व कारले साउन ८ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

अहिले स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा विभिन्न संघ संस्थाहरूले पिउने पानी उपलब्ध गराइरहेका छन् । फेर्नुपर्ने र आलोपालो नेतृत्व गर्ने प्रणालीमा जानुपर्ने धारणा राखेका छन् । पार्टीभित्र जनवाद कमजोर हुँदै गइरहेको र केन्द्रीयता हाबी भएको बताउदै कार्कीले पार्टी कमजोर हुदै गइरहेको र पार्टी निर्माणमा समेत समस्या आएको फरक मत राखेको स्थायी कमिटीका एक सदस्यले बताए ।

उपमहासचिव बर्षमान पुन ‘अन्नत’ले पार्टीभित्रको आन्तरिक समस्याको ’boutमा सार्वजनिक रुपमा छलफल गर्न नसकिने भएकाले त्यस्ता बिषय पार्टी बैठकमा राख्नुपर्ने धारणा राखे । पार्टीको विधि, विधान, अनुशासन सबैले बुझेकाले त्यस्ता बिषयमा सार्वजनिक रुपमै बहस वा छलफल गर्नु गलत हुने उनको धारणा थियो ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक आइतबार पनि बस्ने बताए । उनका अनुसार शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका छन् । माओवादी स्थायी कमिटीमा ४४ जना छन् । प्रत्येक वक्तालाई १० मिनेटको समय दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अभिमत दुरुपयोग गरेर हुर्मत नलिन आफ्नै नेता-कार्यकर्तालाई रवि लामिछानेको चेतावनी