पर्सामा बल्ल सिजनको अन्तिमको धान रोपाई

वीरगन्ज । गएको मंगलबारसम्ममा पर्सामा औसतमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको पाइएको पर्सा ज्ञान केन्द्रको दावी छ । केही स्थानीय तहमा ९२ र केहीमा ९४ प्रतिशतसम्म रोपाइँ सम्पन्न भइसकेको पनि कृषि ज्ञान केन्द्र पर्साको दावी रहेको हो ।

बर्षाभरी आकाशे पानीको भर नभएको पर्सामा पाँचदिन अगाडी लगातार तीन दिन वर्षा भएपछि रोपाईंको क्रम बढेको पर्सा ज्ञान केन्द्रका प्रमुख रामजीवन ठाकुरले बताए । खेतमा पानी नहुँदा रोपाइँ गर्न नपाएका यहाँका किसानले सिजनको उत्तराद्र्धमा धमाधम धान रोप्दै मैजारो गर्न थालेको उनको भनाइ छ ।

अरु पालिकाको तुलनामा वीरगन्ज महानगर क्षेत्रमा भने रोपाइँ केही कम भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । तथापि यसै साताभित्र पर्साका सबै किसानले यो सिजनको सबैधान रोपाईं सक्ने पनि ज्ञान केन्द्र पर्साले दावी गरेको छ । सिंचाईको अभाव खेपेका पर्साका किसानले आफैं बोरिङ वा अन्य विकल्प गरेर रोपाईं गर्दै आएकाले आगामी शनिबारसम्ममा रोपाईं सम्पन्न हुन सक्ने पनि केन्द्रको तर्क छ ।

पर्सामा यस वर्ष ३९ हजारदेखि ४० हजार हेक्टर जग्गामा बर्षे धानको खेती हुने सम्भावना ज्ञान केन्द्रले पहिले नै अनुमान गरेको थियो । गत वर्ष पनि यसै हाराहारीमा बर्षे धान बालीको खेती यहाँका किसानले गरेका थिए । यो वर्ष पनि यसै हाराहारीमा धान रोपाई भएको सरोकारवाला निकायका कर्मचारीको ठम्याई छ ।

पर्सा, बारा र रौतहटको समेत ठूलो भूभागमा सिंचाई गर्न बनेको गण्डक नहरमा विगतका वर्षहरु झैं यो वर्ष पनि सम्झौता अनुसार भारतीय पक्षले पानी नदिए पछि यो क्षेत्रका किसान आकाशे पानीकै आशमा वर्षाभरी बसेका थिए । प्रदेश र संघ सरकारले मधेशलाई नै सुख्खा क्षेत्र र संकटग्रस्त क्षेत्र घोषणा गरेको समयमा पर्सा, बारामा पनि पानीको पर्याप्तता हुने कुरै भएन । तसर्थ पर्सा जिल्लामा पनि आकाशे पानी परेपछि मात्र यो वर्षे सिजनको धान यहाँका किसानले रोपेर उत्तराद्र्धमा पु¥याएको उदयपुर घुर्मीका किसान शम्भु प्रसाद यादवले बताए ।

आकाशे पानी परेपछि चाही भारतीय पक्षले गण्डक नहरमा पनि साढे ६ सय क्युसेक पानी छोडेपछि अहिले भने बल्ल गण्डक नहरको ब्लक नम्बर १२ अर्थात रौतहटसम्म पानी पुगेको पनि नारायणी सिंचाई कार्यालयले दावी गरेको छ । अस्ती तीनदिन परेको पानी र चार दिनयता भारतले पनि गण्डक नहरमा ६ सय ५० देखि ६ सय ७५ क्युसेकसम्म पानी दिन थालेकोले अहिले चाही पर्सा, बाराका किसानलाई पानीको कमी नखट्किएको उनको तर्क छ । पानीको अलि पर्याप्तता भएसँगै पर्साका किसानको खेतले पनि जसोतसो धानको बीउ पाएको किसानहरुको पनि तर्क छ ।

नहरको पानी र आकाशे पानी समेतले अबको दुईतीन दिनभित्रै पर्सा, बाराका सम्पूर्ण किसानले रोपाईं सक्ने सम्भावना बढेको सिंचाई कार्यालय वीरगन्जको दावी छ । गण्डक नहरको पानी छोड्ने सम्झौता अनुसार भारतले वर्षात्को मुख्य सिजनमा यो नहरमा ८ सय ५० क्युसेक पानी छोड्नु पर्ने हुन्थ्यो । तर एकदशक बढि अवधिदेखि भारतीय पक्षले सम्झौता अनुसारको पानी नदिएको पाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको प्रश्न दबाएर सत्य लुकाउन सकिँदैन : कांग्रेस मधेस प्रदेश उपसभापति सिंह