नीजि आवास पुनर्निर्माण असार मसान्त भित्रै सक्ने तयारी

भूकम्प पीडितलाई सहयोग गर्न गाउँमा डकर्मी र परिचालक

सिन्धुपाल्चाक । नीजि आवास पुनर्निर्माणलाई असार मसान्त भित्रै सम्पन्न गर्नका लागि पुनर्निर्माण प्राधिकरण अन्र्तगत जिल्लामा रहेका जिल्ला आयोजना कार्यान्वय इकाइ (भवन) ले गाउँ–गाउँमा थप कर्मचारीहरु खटाउने भएको छ ।

भूकम्पपछि सुरु भएको नीजि आवस पुनर्निर्माणमा अझै पनि गाउँ–गाउँमा जोखिममा परेका भूकम्प पीडितहरुले घर निर्माण गर्न नसकेपछि उनीहरुको सहयोगका लागि घुम्ती डकर्मी र सामाजिक परिचालकहरु थप गरिएको छ ।

सिन्धुपाल्चोकको १२ स्थानीय तहमा १६ जना सामाजिक परिचालक र ५६ जना घुम्ती डकर्मीहरुलाई फागुन १ देखि गाउँ–गाउँमा पुनर्निर्माणलाई सहयोग गर्न खटाउने जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का निमित्त आयोजना प्रमुख इन्जिनियर सन्तोष निरौलाले जानकारी दिए ।

विश्व बैंकको आर्थिक सहयोगमा सामाजिक परिचालक र घुम्ती डकर्मीहरु राख्न लागिएको हो । घुम्ती डकर्मी र सामाजिक परिचालकहरु तोकीएको स्थानीय तहको गाउँ–गाउँमा पुगेर जोखिममा परेका भूकम्प पीडितहरुको घर निर्माणमा सहयोग गर्ने निरौलाले बताए ।

‘भूकम्पपछि प्राय सबैले घर निर्माण गरिसकेका छन् तर सामाजिक र आर्थिक रुपमा जोखिममा परेका भूकम्प पीडितहरुले घर निर्माण गर्न सकेका छैनन्,’ निमित्त आयोजना प्रमुख निरौलाले भने, ‘घुम्ती डकर्मीहरुले जोखिममा परेका पीडितहरुलाई घर निर्माणमा सहयोग गर्नेछन् ।’ अनुदानको पहिलो किस्ता लिने मध्ये थोरै लाभग्राहीले मात्रै चाहेर पनि घर नबनाएको भए पनि अन्य धेरै लाभग्राहीले भने आर्थिक अभाव र जोखिममा परेकै कारणले घर बनाउन नसकेको निष्र्कष प्राधिकरणले निकालेको छ । त्यही निष्कर्षका आधारमा गाउँ–गाउँमा थप कर्मचारी खटाएको निमित्त प्रमुख निरौलाको भनाई थियो ।

भूकम्पको ठिक एक वर्षपछि अर्थात २०७३ बैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सदरमुकाम चौताराबाट नीजि आवस पुननिर्माणको सुरुवात भएको थियो । निजी आवस निर्माणलाई सहयोगका लागि जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले गाउँ–गाउँमा प्राविधिकहरु खटाएको छ ।

त्यस्तै पुनर्निर्माणलाई सुरुदेखि नै सहयोग गर्दे आएको जाइकाले पनि सिन्धुपाल्चोकमा निजी आवस निर्माणलाई सहयोगका लागि ४ सय ८० कर्मचारीहरु निरन्तर खटाइरहेको जाइकााले जानकारी दिएको छ । विभिन्न दात्तृ निकाय र पुननिर्माण प्राधिकरणको समेत सहयोगमा हामी निजी आवस निर्माण प्रक्रिया असार भित्रै सम्पन्न गर्नका लागि लागि परेका छौ निमित्त आयोजना प्रमुख निरौलाले भने– ‘अब सबैको सहयोगमा भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्लाबाट पुननिर्माण सम्पन्न भएको घोषणा गर्ने छौ ।’

लाभग्राही थपिएको थपियै
भुकम्प लगतै पुनर्निर्माण प्राधिकरणले गाउँ–गाउँमा गएर भुकम्प पीडितहरुको तथ्यांक संकलन गरेको थियो । सुरुमा ८० हजार कुल लाभग्राही रहेकोमा माघ २५ सम्म कुल लाभग्राहीको संख्या ९० हजार ४१७ पुगेको छ ।

पुनर्निर्माण प्राधिकरणले पटक–पटक गुनासोबाट लाभग्राहीहरुको नाम थपिरहँदा कुल लाभग्राहीको संख्या बढेको जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।

९० हजार कुल लाभग्राही मध्ये ८६ हजार ८६४ ले अनुदान बापतको पहिलो किस्ता लिएका छन् भने ८६ हजार ९५ ले दोस्रो र ७८ हजार ७९२ ले अन्तिम किस्ता लिएको अनुदान व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

घुम्ती डकर्मी र सामाजिक परिचालकहरु जिम्मेवार हुनुपर्ने
पुनर्निर्माण प्रक्रियालाई समयमा नै सम्पन्न गर्नका लागि गाउँमा खटिने घुम्ती डकर्मी र सामाजिक परिचालकहरुको भुमिका महत्वपुर्ण हुने सरोकारवालहरुले बताएका छन् ।

पुनर्निर्माणलाई सहयोग गर्न गाउँमा खटिने सामाजिक परिचालकहरुका लागि आयोजना गरिएको तालिममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गाउँमा गएर पुननिर्माणलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘तपाईंहरु गाउँमा गएर घर निर्माण सम्पन्न भएका र निर्माण हुन बाँकी घरहरुको यकिन तथ्यांक ल्याउनुहोस्’, प्रजिअ ढकालले भने, ‘काममा आलटाल गर्नुभयो भने तपाईंहरुलाई कारवाही हुन्छ ।’

जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले सबै बस्तीमा पुननिर्माणमा खटिएका प्राविधिकहरु भएकाले उनीहरुसँग समन्व्य गरेर काम गर्न सामाजिक परिचालक र घुम्ती डकर्मीहरुलाई आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा एकीकृत समाजवादीको ५ सय मतान्तरले अग्रता