पर्वतारोहण संघमा गुरूङ र शेर्पा समुहबीच प्रतिस्पर्धा

काठमाडौं । पर्वतारोहीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघको निर्वाचन आगामी ७ भदौमा काठमाडौमा हुँदै छ । संघको सो निर्वाचनकालागि अध्यक्षमा कुलबहादुर गुरूङ र फुर गेल्जे शेर्पाको समुहको समुहबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी नयाँ नेतृत्व चयन गर्नकालागि हुने सो निर्वाचनकालागि अहिलेसम्म यि दुबै अध्यक्षका प्रत्यासी उम्मेदवारहरूले आ– आफ्नो समुहबाट भिन्दा भिन्दै उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल पर्वतारोहण संघको निर्वाचन ७ भदौमा

आगामी नयाँ नेतृत्व चयन गर्नकालागि संघको निर्वाचन ७ भदौंमा काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भएको छ । अध्यक्षका प्रत्यासी उम्मेदवार गुरूङ नेतृत्वको समावेशी समुहबाट बरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङमा म्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा बिमलकुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी, गुरूङको समुहबाट सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरि गोपाल प्रधान, माधव प्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्बुछिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक तामाङले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेश र नेकपा एमालेको संयुक्त तालमेल समावेशी समुहबाट संघको चुनाबी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी उम्मेदवार गुरूङले ‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान, सशक्त संघ र दिगो पर्वतीय पर्यटन’ भन्ने नाराकासाथ आफ्नो समुहको उम्मेदवारी घोषणा गरेका हुन् ।

यस निर्वाचनमा संघको महासचिवमा भने त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । सो निर्वाचनकालागि सगरमाथा आरोही शिब बहादुर सापकोटाले महासचिवमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्

आफ्नो समुहको उम्मेदवारी घोषणा’bout जानकारी गराउन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गुरूङले यसपालीको निर्वाचनबाट संघको नेतृत्व सहजै यो समुहले पाउने दावी गरे । करिब चारदशकदेखि नेपालको पर्यटन व्यवसायमा सक्रिय गुरुङले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा उकास्नकालागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

‘नेपालको पर्वतीय पर्यटनको दिगो विकास, श्रमिक तथा व्यवसायीको हकहितको संरक्षण र संस्थागत सुधारका लागि मेरो उम्मेदवारी हो, म अनुभव, कार्यदक्षता र साझा नेतृत्वमार्फत संघलाई अझ प्रभावशाली बनाउनेछु’, गुरूङले भने ।

उनले देश तथा विदेशमा नेपालका हिमाली सम्भावनालाई चिनाउने अभियान, पर्वतारोहणको सुरक्षित व्यवस्थापन तथा सम्बन्धित समुदायको सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने आफ्नो लक्ष्य रहेको बताए ।

यसैगरी, संघको निर्वाचनकालागि अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार शेर्पाको समुहबाट संघको बरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा, द्धितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा लगायत रहेका छन् ।

सो निर्वाचनमा संघको महासचिवमा भने त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । यस निर्वाचनकालागि सगरमाथा आरोही शिब बहादुर सापकोटाले महासचिव पदकालागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अध्यक्षका प्रत्यासी उम्मेदवार शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि यस समुहको उम्मेदवारी’ भन्ने नारा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । संघ अध्यक्षमा आफ्नो समुहको उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधिभित्र रहेर आफुले संघका सदस्यहरुको हकहित संरक्षणकालागि कामगर्ने प्रतिबद्धता जनाए ।

शेर्पाले हरेक सदस्यले संघको सदस्य भएकोमा गर्व महसुस हुने गरी सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।

आरोहीहरूको हकहित संरक्षणका लागि र आपतकालिन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थीत गर्ने प्रतिबद्धता जनाउँदै उनले हाल सरकारले यो कोष बनाउने घोषणा गरेपनि पूर्णता पाउन नसकिरहेकाले हिमाल सम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालयहरु र विश्वविद्यालय नभएका कारण धेरै नेपालीले विदेशमा गएर पढ्नुपर्ने र सिक्नुपर्ने बाध्यतालाई अत्य गर्नकालागि यस संघको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘अहिले पर्वतारोहण सम्बन्धी पढाइ भने केहि कलेजमा हुन्छ । तर, विश्व विद्यालयकै रुपमा नेपालमा नभएकाले ‘माउन्टेन एडभेन्चर युनिभरसिटी’ खोल्नका लागि सुरुवात गर्ने छु’, शेर्पाले भने, ‘माउन्टेन टुरिजम युनिभरसिटी नेपालमा खोल्न सकियो भने सम्पूर्ण आरोहण गतिविधि सम्बन्धी पढ्न जाने हजारौं युवाले स्वदेशमै पढ्न पाउछन् ।’

अहिले पनि केहि युवाले अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन महासंघ (युआइएजीए) को सदस्य लिएको जानकारी गराउँदै उनले यस्ता युवाले स्प्रिङ र अटम सिजनमा नेपालमा काम गर्ने र वीन्टर सिजनमा संसारभर गएर काम गरिरहेको अवस्था’bout पनि आफुले सरकारलाई राम्रोसँग बुझाउने दावी गरे ।

पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभरसिटी सञ्चालन गर्न सकेमा विश्वका लागि गर्वको विषय हुने र विदेशी नागरिकलाई नेपाल अध्ययनका लागि ल्याउन सकिन्छ भन्ने उदाहरण हुन सक्ने दावी गर्दै शेर्पाले भने, ‘विश्वमा नेपालले दिन सक्ने सबै भन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो, जहाँ विश्वमा नभएको हिमाल हामीसँग छ, यसको भूमिका पर्वतारोहण संघले गर्नुपर्छ भन्ने मेरो चुनावी मुख्य एजेण्डा हो ।’

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

‘आचार्य’ लिएर ११ वर्षपछि निखिल