लमजुङ । लमजुङमा दोर्दी खोलामा पौडी खेल्न गएका एक १९ वर्षीय युवक बेपत्ता भएका छन् । लमजुङको दोर्दी गाउँपालिका– ३ बौसे स्थित दोर्दी खोला किनारमा पौडी खेल्न गएका १९ वर्षीय युवक उत्तरकुमार प्रजा वेपत्ता भएको प्रहरीले जनाएको छ ।
उत्तरकुमार प्रजा उत्तर देवी कृषि तथा पशु फर्ममा काम गर्दथे । चितवनको कालिका नगरपालिका– १० मा स्थायी बसोबार रहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताए ।
उनका अनुसार बर्ष १९ उत्तरकुमार प्रजा सोही स्थानको दोर्दी खोला किनारमा पौडी खेल्ने क्रममा डुबेरखोलाले बगाई बेपत्ता भएका हुन् । उनले भने ‘सो खबर जिल्ला प्रहरी कार्यालयमा आउनासाथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली उनको उद्दारमा खटिएको छ ।’
स्थानीयको सहयोगमा प्रहरीले ती युवकको खोजी कार्य जारी राखेको तर आज साँझ परेको हुँदा अब भोलि बिहान सबेरैदेखि खोजी कार्य जारी राख्ने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक साह तेलीले जानकारी दिए ।






