महिला संघ सप्तरीकी प्रथम अध्यक्ष पुष्पाको निधन

राजविराज । काँग्रेस नेतृ पुष्पादेवी श्रेष्ठको निधन भएको छ । राजविराज ५ निवासी ८१ वर्षिया श्रेष्ठको आईतवार विहान आफ्नै निवासमा निधन भएको हो ।

उनी केही समय यता अस्वस्थ रहदै आएकी थिइन । २०३६ सालमा सम्पन्न जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सकृय भई लागेकी उनी प्रजातन्त्र पुर्नस्थापना पश्चात् गठित नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ सप्तरीकी प्रथम सभापति समेत भएकी थिइन ।

उनलाई अन्तिम विदाई र श्रद्धाञ्जली ब्यक्त गर्न स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकको निवास स्थलमा भीड लागेको थियो । उनको निवासमा काँग्रेसका महासमिती सदस्य शुशिल सेवा, प्रदेश २ ख का उपसभापती विजय साह, युवा नेता एवं नेपाल मुस्लिम महासंघका महासचिव इरसाद अन्सारी, काँग्रेसका वडा सभापती श्याम शर्मा, समिर झा, राजकुमार चौधरी, काँग्रेसका नेता सतिष झा “मदन” लगायतले पार्टीको झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो अवसरमा नेपाल परिवार नियोजन संघका पूर्व सभापती विन्देश्वर प्रसाद साह “बिन्दी”, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, फुटवल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार, प्रशिक्षक उमेश गुरुङ, रमेश श्रेष्ठ, नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुघन प्रसाद गुप्ता लगायतले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

श्रद्धाञ्जली पश्चात उनको पार्थिव शरीर कोशी नहरको घाटमा पु¥याइएको थियो । जहाँ जेठा छोरा संजय जोशीले दागवत्ती दिए ।

यसैबीच नेपाली काँग्रेस सप्तरीले आईतवार नै शोक वक्तब्य जारी गर्दै उनको निधनप्रति गहिरो दुःख तथा समवेदना प्रकट गरेको छ । सचिव सनत मण्डलद्वारा जारी शोक बक्तव्यमा उनको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल