
दैलेख । कर्णाली राजमार्ग खण्डको कालिकोटको खाँडाचक्र नगरपालिका वडानं – २ कालेखोला नजिक पहिरोले सडक भासिएर अबरुद्ध भएको राजमार्ग कालिकोट प्रहरीले तत्काल अस्थायी रुपमा साना सवारी साधन आवतजावत सञ्चालनमा आएको छ ।
गएको मंगलबार दिनदेखि परेको झरीले सडकमा पहिरो जाँदा आएको पहिराले भासिएर अवरुद्ध भएको सडक अस्थायी रुपमा खुलाएपछि जीप, फोर्स गाडी लगायतका साना सवारी साधन आउजाउको गर्न सकिने बनाइएको जिल्ला प्रहरी कालिकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावलले जानकारी दिए ।
यो पहिरोले हुम्ला जाने कर्णाली करिडोर सडकलाई असर नपारेको कालिकोट प्रहरीले जनाएको छ । कालेखोलामा पहिरोले खसेको सडक पनि तलबाट पर्खाल लगाएर बस, ट्रक समेत आउजाउ गर्न सकिने बनाउन समन्वय भइरहेको डीएसपी रावलले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)






