दैलेखको हिमालय माविमा ‘हेलो अभिभावक कार्यक्रम’

दैलेख । विद्यालयलाई आधुनिक र अभिभावक–मैत्री बनाउन हिमालय माध्यामिक विद्यालय तिज डाँडाले ‘हेलो अभिभावक कार्यक्रम’ सञ्चालन ल्याएको छ । गएको विहिवार देखी विद्यालय प्रशासन,शिक्षक,अभिभावक र विद्यार्थी बिच भएको संवाद सहकार्यलाई अझ प्रभावकारी वनाउनको लागि ‘हेलो अभिभावक कार्यक्रम’ सञ्चालन ल्याएको हो ।

विद्यालयका प्रधानाध्यापक हर्क विकका अनुसार पछिल्लो समय विद्यालयले एकपछि अर्को उल्लेखनीय काम गर्दै आएको बताए ।उनले भने, “विद्यालयलाई आधुनिक र अभिभावक–मैत्री बनाउन यो कार्यक्रम सुरु गरेका हौं । यो काम अभिभावक,विद्यार्थी र विद्यालय प्रशासनको समन्वयमा भएकोले राम्रो प्रतिफल दिने आशा लिएका छौं । विद्यालय नआउने बालबालिकाका कारण बुझ्न र अभिभावकसँग प्रत्यक्ष कुराकानी गर्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्नेछ भने, विद्यालयको गुणस्तर अभिवृद्धिमा समेतसहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ।”

कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक प्रगति, सिकाइ वातावरण तथा व्यवहार सुधार’bout शिक्षक र अभिभावकबीच नियमित छलफल र सुझाव आदानप्रदान हुने छ । अभिभावकसँग प्रत्यक्ष सम्पर्क राख्न विद्यालयले विशेष फोन नम्बर ९८५८०३२९८० समेत सार्वजनिक गरेको छ । कार्यालय समयमा उक्त नम्बरमा सम्पर्क गरी सुझाव, सल्लाह वा प्रश्नहरू राख्न सकिने विद्यालय प्रशासनले जनाएको छ ।

“विद्यालयमा पठनपाठन मात्र नभई विद्यार्थी र अभिभावकबीच आत्मिय सम्बन्ध र सहकार्य बढाउनु हाम्रो प्रमुख उद्देश्य हो । यो कार्यक्रम विद्यालयको ऐतिहासिक कदम बन्नेछ भन्नेमा हामी ढुक्क छौँ,प्रअ विकले थपे ।”

विद्यालय परिवारले ‘हेलो अभिभावक कार्यक्रम’ले विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ हुने र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास अभिभावकले बताउँछन् । ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग