काठमाडौं । निः शुल्क संचालित अखिल नेपाल तेक्वान्दो एकेडेमी आबद्ध अदभूत आनन्द नाथ तेक्वान्दो डोजाङ्ग बुढानिलकण्ठ नगरपालिका ११ कपन एबम मनराम केसी स्मृति तेक्वान्दो समाजका ७१ तेक्वान्दो खेलाडीको ग्रेडिङ शनिबार संयुक्त रुपमा सम्पन्न भयो ।
३३ जना अखिल नेपाल तेक्वान्दो एकेडेमी (एन्टा) आबद्ध अदभूत आनन्द नाथ तेक्वान्दो डोजाङ्गका निशुल्क तेक्वान्दो एबम ध्यानकर्मीहरु साथै ३८ जना निःशुल्क रुपमा संचालित मनराम केसी स्मृति तेक्वान्दो समाजका खेलाडीले बौद्धस्थित लाखेपोखरी बहुउद्देश्य कभर्डहलमा पेटी परिक्षा संचालन गरिएको हो ।

उक्त कभर्ड हल ब्यवस्थापन समितिका अध्यक्ष राजिब थापा, बौद्ध तेक्वान्दो डोजाङ्गका प्रशिक्षकद्वय अर्जुन खत्री, कुमारबहादुर लामा, नेपाल प्रहरीका पूर्व डिएसपी नबिन क्षेत्री, नेपाल प्रहरीमा कार्यरत उपेन्द्र बोहोरा लगाएको उपस्थिति थियो । कार्यक्रममा ७ जना मनराम केसी स्मृति तेक्वान्दो समाजका रेड बेल्ट तेक्वान्दो खेलाडीले आधा कालो पेटीको लागि परिक्षा दिएका थिए ।
अखिल नेपाल तेक्वान्दो एकेडेमी आबद्ध अदभूत आनन्द नाथ तेक्वान्दो डोजाङ्ग बुढानिलकण्ठ ११ कपन पैयाँटारले आधात्मिक पुरुष योगी व्याग्र वेदनाथको प्रमुख आतिथ्यतामा संचालन गर्न लागिएको छैठौ मनराम केसी स्मृति तेक्वान्दो प्रतियोगिता आगामी २०८२ साल भाद्र २१ गते (ईन्द्रजात्रा) लाई यो पेटी परिक्षाले खेलाडीमा थप तेक्वान्दो प्रतियोगितामा सहभागिताको लागि मनोबल बढ्ने कार्यक्रममा बताइयो । यसले गर्दा अझै निःशुल्क तेक्वान्दो एबम ध्यान कार्यक्रममा रुचि थपिने ठानिएको छ ।






