महेन्द्र घाँटी फर्किने अनौठो रोगको शिकार

महेन्द्रको अनुहार आकाशतिर फर्किएको छ, तर त्यो हेर्न खोजेको आकाश होइन

सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिका १ पगनाथका महेन्द्र बिक नौ वर्षदेखि दुर्लभ स्वास्थ्य समस्याबाट थलिएका छन् । उनको अनुहार आकाशतिर फर्किएको छ । तर त्यो हेर्न चाहेको आकाश होइन, उनका लागि त्यो नियतिको जबर्जस्ती हो । किनकी महेन्द्रको घाँटी अब आफ्नै नियन्त्रणमा छैन–पछाडि फर्किएको छ ।

महेन्द्र निहुरिएर अगाडि र तल हेर्न सक्दैनन् । सुत्दा, उठ्दा, हिँड्डुल गर्दा होस् वा खाना खाँदा सास्ती खेपिरहेका छन् । खाना खाँदा, बस्दा, उठ्दा, शौचालय जाँदा अरुकै साहारा चाहिन्छ । चिसोमा पनि गर्मीझैं खलखली पसिना बग्छ । ‘खाना मुखमा हाल्न पनि श्रीमती या छोरीहरू लाग्छन्, शौचालय जानुपर्दा त कति लाज हुन्छ, तर के गरौं ?, उनी पीडा पोख्छन्, ‘चिसो दिनमा घाम नदेखिएपनि शरीरमा पसिनाको धारै बग्छन्, कस्तो रोगले समायो, आफै दंग छु ।’

महेन्द्रका अनुसार घाँटी फर्किने समस्या देखापर्नु अघि खुट्टामा समस्या देखापरेको थियो । ‘२०७३ सालतिर एक्कासी खुट्टामा समस्या देखाप¥यो, हिँड्नै मिल्दैन्थ्यो, खोच्याएर हिँड्नुप-थ्यो,’ उनले भने, ‘खुट्टापछि उनको ढाडमा समस्या देखियो, ढाडमा एक्कासी चस्का हान्यो, केही समयपछि घाँटी पछाडि फर्किने समस्या आइप¥यो ।’

महेन्द्रको अनुहार आकाशतिर फर्किएको छ, तर त्यो हेर्न खोजेको आकाश होइन

आफूलाई देखापरेको स्वास्थ्य समस्याको उपचार गर्न भारतको लखनउसम्म पुगेको महेन्द्र बताउँछन् । उनले सुरुमा नेपालगञ्जको कौशल्या मेमोरियल हस्पिटलमा उपचार गराएका थिए । ‘सुरुमा नेपालगञ्जको कौशल्या मेमोरियल हस्पिटलमा जाँच गरेको थिएँ, त्यसपछि लखनउ पुगेँ, त्यहाँ पनि जाँच भयो, डाक्टरले थप उपचारका लागि ६०–७० हजार भारतीय रुपैयाँ खर्च लाग्ने भन्नुभो, मसँग पैसा थिएन, निको हुने आश मारेर फर्किएँ,’ उनले भने ।

अति विपन्न परिवारका उनले हालसम्म उपचारमा पाँच लाख रुपैयाँ बढी खर्च गरिसकेको बताएका छन् । परिवारको आर्थिक अवस्था नाजुक हुँदा उनले थप उपचार गर्न नसकी घरमै थलिएका छन् । बिहान साँझको छाक टार्न र छोरीहरू पढाउन हम्मेहम्मे परिरहेको छ । ‘घर खर्च जोहो गर्न कमाउने म नै हुँ, आफु यसरी थलिएको छु, उपचार कसरी गरुँ,’ महेन्द्र भन्छन् । आफुसँग भएको र ऋण सापट गरेर उपचारमा पाँच लाख रुपैयाँ खर्च भएको उनको भनाई छ । ‘आफुले सक्ने जति खर्च गरेर उपचार गराएँ, तर निको भएको छैन, अब थप उपचार गर्ने आफुसँग कुनै उपाय छैन्,’ उनले भने । उनका श्रीमती र चार छोरी छन् ।

महेन्द्रको स्वास्थ्य समस्या’bout स्थानीय पनि अनौठो मानिरहेका छन् । चिकित्सकहरूले नसा वा मेरुदण्डको समस्या हुनसक्ने तर यसका लागि काठमाडौंको सुविधासम्पन्न अस्पताल पुग्नुपर्ने सुझाव दिए । तर उनीसंग त्यहाँसम्म पुगेर उपचार गर्ने सार्मथ्य छैन् ।

महेन्द्रको स्वास्थ्य समस्याले राज्य र स्वास्थ्य प्रणालीलाई गिज्याइरहेको छ । घरआँगनमा स्थानीय सरकार भएपनि उनको स्वास्थ्य’bout कसैले चासो दिएका छैनन् । उनी आफै हिँडेर जान सक्दैनन् । तैपनि महेन्द्रले अझै आश मारेका छैनन् । भन्छन् ‘म बाँच्न चाहान्छु, उपचार गराउन चाहान्छु, कमाएर परिवार सम्हाल्न चाहान्छु, तर अब एक्लो बलमा सक्दिनँ ।’

तपाइको प्रतिक्रिया
(Visited 581 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग