विदुर र राममणिलाई पत्रकारिता पुरस्कार

काठमाडौं । विगत दुई दशकदेखि चलचित्र पत्रकार संघले ७ जेठलाई चलचित्र पत्रकारिता दिवसको रूपमा मनाउँदै आएको छ । विगतमा यसै दिन प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता पुरस्कार र सम्मान यसपटक संघले स्थगित गरेको छ । तर, चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले यसपटक पनि पुरस्कार र सम्मानलाई निरन्तरता दिने जनाएको छ । मकवानपुर शाखाले सम्मानित र पुरस्कृतको नाम घोषणा गरेको छ ।

मकवानपुर शाखाले ७ जेठमा मनाइने चलचित्र पत्रकारिता दिवसको अवसरमा तीन जनालाई सम्मान गर्ने भएको छ । संघको बैठकले सो निर्णय गरेको हो । हाल कोरोना भाइरसको महामारीका कारण यो वर्ष प्रदान गरिने पुरस्कारलाई महामारीको स्थिति सामान्य भएपछि मात्रै प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।

चलचित्र पत्रकारिता दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट यसपटक गोरखापत्रमा कार्यरत पत्रकार राममणि दाहाललाई प्रदान गरिने घोषणा गरेका छ । दाहाललाई नगद ५ हजारसहित सम्मानपत्रबाट पुरस्कृत गरिनेछ ।

यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष विदुर गिरीलाई प्रदान गरिने भएको छ । गिरीलाई नगद ११ हजार १ सय ११ रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरिने छ ।

यस्तै, संघले चलचित्र कलाकर्मी सम्मान २०७७ बाट मकवानपुरबाट कलाकारितामा लागेका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई दोसल्ला ओढाएर सम्मान गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
भरतपुरका बागी उम्मेदवार भन्छन्, अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न