विराटनगर । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भएको जेन जेडको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली प्रहार गरेको थियो। गोली लागेर करिब २५ र ३० वर्ष उमेर समूहका दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। मृतकहरूको पहिचान खुलेको छैन।
गोली लागेर गम्भीर घाइते भएकालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। धरान पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)






