जेन–जी आन्दोलनः कर्णालीमा शान्तिपूर्ण

सुर्खेत । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध कर्णाली प्रदेशका जेन–जी पुस्ता पनि आन्दोलित भए । सोमबार प्रदेश राजधानी वीरेन्द्रनगर, दैलेख, कालीकोट, जाजरकोट र जुम्लामा शान्तिपूर्ण प्रर्दशन भएको छ ।

वीरेन्द्रनगरको मंगलगढीबाट जेन–जी प्रर्दशनकारी बजार क्षेत्र हुँदै जिल्ला प्रशासन कार्यालय, प्रदेशसभा सचिवालय, मुख्यमन्त्री निवास र मुख्यमन्त्री कार्यालय अघि नाराबाजी गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणतमा भएको थियो ।

सुर्खेतमा भएको प्रर्दशनको अगुवाई ‘जुरुक्क जेनजी–जिउँदो कर्णाली’ अभियानले नेतृत्व गरेको थियो । उक्त प्रर्दशनमा चार सय बढी युवाहरु सहभागी भएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जेनजी पुस्ताको आन्दोलन शान्तिपूर्ण भएको प्रतिक्रिया दिए ।

यद्यपि प्रहरीले राप्रपाका युवाहरुले उक्त आन्दोलन भड्काउने प्रयत्न गरेको र सफल भएको दाबी गरेको छ । यसैबीच, कर्णालीका अन्य जिल्लाहरुमा पनि प्रर्दशन शान्तिपूर्ण भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग