नगरपालिकाको अगुवाईमा, सबै जुटे सरसफाईमा

राजविराज । जेनजीले गरेको प्रदर्शन हिंसात्मक भई सरसफाई कार्यमा प्रयोग गरिने सबै सवारी साधन समेत जलेर नष्ट भई फोहर उठ्न नसक्दा नगर दुर्गन्धित भइरहेका बेला मंगलबार राजविराज नगरपालिकाको अगुवाईमा विशेष सरसफाई अभियान चलाईएको छ ।

फुसफुसे वर्षाकाबीच कार्यावाहक नगरप्रमुख इसरत परवीनको अगुवाईमा थालिएको विषेष सरसफाई अभियानमा प्रदेश साँसद किरण कुमारी साह, पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादव, प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका साथै सुरक्षाकर्मी र स्थानिय अगुवाहरु उल्लेख्य संख्यामा सहभागी भए ।

आन्दोलनको निहुमा केही अराजक तत्वले नगरपालिकाको एम्बुलेन्स र बारुणयन्त्रका साथै फोहोर उठाउन प्रयोग गरिने सबै ट्याक्टर र टिपरहरु जलाई दिएपछि फोहोर उठाउन नसकी नगर दुर्गन्धित र विभिन्न रोगको संक्रमण फैलिने सम्भावनालाई मध्य नजर गरी यस्तो अभियान चलाइएको भन्दै कार्यवाहक नगरप्रमुख परवीनले यस कार्यमा निस्वार्थ रुपमा हातेमालो गर्न सबै संग आग्रह गरिन् ।

उनले तोडफोड र आगजनीबाट ध्वस्त भएको नगरपालिका कार्यालयको पुनःनिर्माण र आवश्यक बन्दोबस्तीका सामानको व्यवस्थापन गरी केही दिन भित्रै नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्न आफूहरु लागि परेको बताईन् ।

सरसफाईमा सहभागी सप्तरी युथका कावा अध्यक्ष मोहन यादवले जेनजी आन्दोलनका क्रममा भएको अकल्पनीय क्षति कसैको एकल प्रयासबाट मात्रै सम्हाल्ने र पुर्ती गर्ने अवस्था नरहेकाले सबै जुटेर प्रयास थालेको बताए ।

सरसफाईमा सहभागी प्रदेश साँसद किरण कुमारी साहले गत मंगलबार जेनजी आन्दोलनका क्रममा छिरेका केही घुसपैठियाहरुले सार्वजनिक सम्पती तथा फोहोर मैला व्यवस्थापनमा प्रयोग गरिने सार्वजनिक सवारी साधन समेत जलाएर अपराधिक काम गरेको भन्दै उनले नगरवासीलाई विभिन्न रोगको महामारीबाट जोगाउन थालिएको बृहत सरसफाई अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिईन् ।

जेनजी आन्दोलनका क्रममा नगरपालिकाको फोहोर उठाउन प्रयोग गर्ने गरिएका सबै सवारी साधन जलाईएपछि विगत एक साता देखि नगरको फोहोर उठ्न सकेको थिएन । जस कारण नगर दुर्गन्धित बन्नुका साथै विभिन्न रोगको संक्रमण फैलिने खतरा बढ्दै गएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको प्रश्न दबाएर सत्य लुकाउन सकिँदैन : कांग्रेस मधेस प्रदेश उपसभापति सिंह