लुकेर आएका अरुण तेस्रोका कामदारसहित चालक क्वारेन्टाइनमा

संखुवासभा । खाँदबारी आइपुगेका अरुण तेस्रोका कामदारसहित गाडी चालकलाई क्वारेन्टाइनमा राखिएको छ । तरकारी बोक्ने गाडीमा अरुण तेस्रोमा कामदार बोकेपछि चालकलाई पनि क्वारेन्टाइनमा राखिएको हो । लकडाउनको समयमा तरकारी बोक्न अनुमति लिएको गाडीमा मान्छे लुकाएर ल्याउने धिरज चौधरीसहित चार जनालाई खाँदबारीको क्वारेन्टाइनमा राखिएको छ ।

सदरमुकाम खाँदबारी बजारमा सामान बोक्ने गाडीमा तीन जना मानिसहरु लुकाएर ल्याएको पाइएको हो । अरुण तेस्रोका कामदार र खाँदबारी बजारका लागि तरकारी ढुवानी गर्ने चौधरीले तरकारी ल्याएको बहानामा गाडीभित्र तीन जना मानिस लुकाएर ल्याएको पाएपछि उनीहरुलाई खाँदबारीको क्वरेण्टीनमा राखिएको छ । उनले यसअघि पनि यात्रु ओसारप्रसार गर्ने गरेको स्थानीयले आरोप लगाएपछि फलफुल तथा तरकारी सहित तीन जनालाई जिल्ला बाहिरबाट ल्याएको अवस्थामा प्रहरीले उनीहरुलाई नाकामा समातेको छ ।

खाँदबारी नगरपालिका र चैनपुर नगरपालिकाको सिमानामा रहेको सभाखोलाको प्रहरी चेक पोस्टमा गाडी जाँच गर्ने क्रममा उनले अरुण तेस्रोमा काम गर्ने दुई जना र अन्य एक जनालाई तरकारी बोकेको गाडीमा लुकाएर ल्याएका हुन् । उनीहरु तीन जनालाई नै खाँदबारीको वरुण बहुमुखी क्याम्पसको क्वरेण्टीनमा राखिएको खाँदबारी नगरपालिकाका नगर स्वास्थ्य संयोजक दिलिप श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत कामदारहरु तराईका विभिन्न जिल्ला र भारतबाट आवत जावत गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन् । उनीहरुको आवात जावत पूर्णरुपमा बन्द गर्नुपर्ने उनीहरुको भनाइ छ । यसअघि भोटखोला र मकालु गाउँपालिकाबाट सामान बोक्ने ट्याक्टरको बोराभित्र मानिस लुकाएर ल्याउँदै गर्दा चिचिला चेक पोस्टमा रहेका प्रहरीले समातेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?