जेनजी आन्दोलन कुनै कोणबाट गर्व गर्न लायक भएनः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलन मुलुकका लागि गौरव गर्न लायक नभएको बताएका छन् । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र कर्णाली प्रदेशद्धारा आज सुर्खेतमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले हरेक आन्दोलनर क्रान्तिहरुले ल्याएका परिवर्तन गौरव गर्न लायक भएपनि जेनजी आन्दोलन कुनै कोणबाट पनि देशको हितमा नभएको बताए ।

मुख्यमन्त्री कँडेलले जेनजीको ब्यानरमा निश्चित उद्देश्य बोकेका व्यक्ति र समूहले प्रविधिको दुरुपयोग गरी बितण्डा मच्चाएको टिप्पणी गरे । ‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा र सुशासनको माग राखी शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका जेनजीलाई प्रयोग गरेर देशको सार्वभौमिकतामाथि प्रहार गर्ने कामहरु भए, जेनजीले पवित्र भावनाका साथ उठाएका मुद्दाहरु हाइज्याक र डाइर्भट गर्ने कामहरु भए,’ उनले भने, ‘निर्वाचित संस्था फालेर जेनजीको नाम भिर्नेहरु मन्त्री माग्न दुतावास धाउन थालिए, एउटा सार्वभौम राष्ट्रका लागि यो भन्दा लज्जास्पद अरु के हुनसक्छ ?, त्यसैले यो आन्दोलनले न अधिकार स्थापित ग¥यो न लोकतन्त्र र सार्वभौमसत्तालाई बलियो बनाउने काम ग¥यो ।’

मुख्यमन्त्री कँडेलले अहिले भइरहेका पार्टीहरुप्रति वितृष्णा पैदा गराउँदै अन्ततः देशको सार्वभौमसत्तामाथि प्रहार गर्ने उद्देश्यमात्र रहेको प्रष्ट पारे । नागरिक सरकार गठन, सेनापतिसंग वार्ता, प्रतिनिधिसभा विघटन, मन्त्रीका लागि विदेशी संस्था र दुतावासहरुमा खुलेआम धाउन थालेका घटनाक्रमले यो कुरा पुष्टि हुँदै गएको उनले बताए । ‘यो कुरा स्वयं जेनजीका प्रतिनिधि वा आफूलाई जेनजीले रुचाएका पात्र भनेर दाबी गर्नेहरुले खुलेआम बताइसके, मुख्यमन्त्री कँडेलले भने, ‘जेनजी आन्दोलनबाट मुलुकले के पायो त भन्दा उनीहरु स्वयं केही भन्न नसक्ने अवस्थामा पुगिसके, उनीहरुकै लागि गौरव गर्ने उपलब्धी केही हात लागेन ।’

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेलले जेनजी आन्दोलनलाई चुनौतीका रुपमा लिँदै पार्टी विस्तार गर्ने अवसरका रुपमा लिन जनसंगठनका पदाधिकारीलाई आग्रह गरे । ‘यो नेतृत्व स्थापितको अवसर पनि हो, जनतामाझ जानुस, आफ्नो कुरा राख्नुस, जनताबाट सुझाव पनि लिनुस्, त्यसको मूल्यांकन पार्टी पद्धतिबाटै हुन्छ, नेतृत्वका कमीकमजोरी पार्टी कमिटीमै राख्नुस्’ उनले भने ।

भेलामा एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले संकटको बेला नेतृत्वमाथि प्रहार गरेर पार्टीको हित नहुने धारणा राखे । ‘नेतृत्वका कमजोरी हुन सक्छन् तर मुलुकको सार्वभौमसत्ता रहने की नरहने, संघीय लोकतान्त्रिक गणतन्त्र रहने की नरहने परिस्थिति सिर्जना भएको अवस्थामा नेतृत्वको रक्षा गर्दै अघि बढ्नुपर्छ, शाहले भने, ‘विचलित नभई कार्यकर्तामाझ जानुपर्छ, के–के कुरामा सच्चिने कसरी सच्चिने त्यो विधि आफै तय गर्न सक्छौं, अहिले निराश हुने बेला होइन् ।’ जनसंगठन समन्वय संयन्त्रका संयोजक एवं पार्टी प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईले कर्णालीमा पार्टी थप एकताबद्ध भएर अघि बढ्ने बताए । भेलामा विभिन्न जनसंगठनका पदाधिकारीले बदलिँदो परिस्थितिमा पार्टी नेतृत्वले लिनुपर्ने रणनीति’bout सुझावहरु दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग