राजविराज । सप्तरीको दूई पालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्यूनिकरणका लागी सिफारिश प्रणाली सम्बन्धि निर्देशिका २०८२ पारित गरेको छ ।
तीन दिन लगातारको बैठक र छलफल पश्चात आईतवार राजविराज नगरपालिका र महादेवा गाउँपालिकाले उक्त निर्देशिका सर्वसम्मतले पारित गरेको हो ।
महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएको विदेह फाउण्डेशनको समन्वय, महिला कानुन विकास मञ्चको सहयोग र राजविराज नगरपालिका तथा महादेवा गाउँपालिकाको आयोजनामा आ–आप्mनै पालिका कार्यालयमा आयोजित सरोकारवाला सहितको बैठकले उक्त निर्देशिका पारित गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागी स्थानीय स्तरमा नीतिगत पहल कार्यक्रम ३ दिन सम्म चलेको र आईतवार दुबै पालिका बैठकबाट स्वीकृत भई लागु समेत भएको विदेह फाउडेशनका सप्तरी जिल्ला संयोजक रुवी मिश्राले जानकारी दिईन ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्यूनिकरण र सम्बोधनका लागी सिफारिश सम्बन्धि निर्देशिका कार्यपालिका बैठकबाट स्वीकृत गरे संगै लागु भएको भन्दै अब प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताईन ।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डलले पालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रभावित व्यक्तीलाई तत्काल न्याय दिलाउन पारित निर्देशिकाले ठुलो सहयोग पु¥याउने बताइन ।
कार्यक्रमका प्रमुख अतिथी पूर्व सांसद रञ्जु ठाकुरले स्थानीय स्तरमा हुने पीडित पक्षलाई छिटो, छरितो र सहज न्याय दिलाउन निर्देशिकाले बल प्रदान गर्ने बताइन ।
उक्त कार्यक्रम असोज २७ र २८ गते क्रमशः तिलाठी र छिन्नमस्ता गाउँपालिकामा संचालन हुने कार्यक्रम समन्वयकर्ता विदेह फाण्डेशनले जनाएको छ । महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रभावित ब्यक्तीहरुलाई सेवा प्रदायकबाट अन्य समबन्धित सेवा प्रदायकमा पठाई समय मै उचित र प्रभावकारी सेवा प्रदान गर्न सिफारिस प्रणाली सम्बन्धि निर्देशिका तयार पारिएको जनाइएको छ ।
सम्बन्धित समाचार






