११ देशका राजदूत फिर्ता बोलाइयो

काठमाडौं । सरकारले विभिन्न ११ देशमा रहेका नेपाली राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाई नयाँ राजदूत नियुक्त गरी जेनजी भावनाअनुसारको कूटनीतिक सन्देश दिन राजदूत फिर्ता बोलाइएको सरकारको भनाइ छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, अमेरिका, चीन, रुस, जापान, मलेसिया, स्पेन, साउदी अरब, इजरायल, जर्मनीमा रहेका राजदूतहरूलाई २० कात्तिकभित्र फर्किसक्न निर्देशन दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

सरकारको निर्णयले फिर्ता हुने राजदूतमा चीनका लागि राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, जापानका लागि डा. दुर्गाबहादुर सुवेदी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, स्पेनका लागि सनिल नेपाल छन् । यस्तै, इजरायलका लागि राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना, जर्मनीका लागि शैल रूपाखेती, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि नरेशविक्रम ढकाल पनि फिर्ता हुने सूचीमा छन् ।

राजनीतिक नियुक्ति तथा परराष्ट्र सेवाबाट गएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको स्वाभाविक र नियमित काम भएको सरकारको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने