नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गरिदै

नेपालगञ्ज । नेपालगञ्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो ।

नेपालगञ्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिता’bout क्लबले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशवराज न्यौपानेले देशभरीका २ सयबढी खेलाडीको सहभागिता रहने जानकारी दिए ।

विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा गर्न सकिने अध्यक्ष न्यौपानेले बताए । कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न विभिन्न ५६ वटा इभेन्टमा हुने छन् ।

बाँके बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था मिलाएको क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए ।

नेपाल पौडी संघले केन्द्रीय वार्षिक क्यालेण्डर अनुसार आयोजना गरिएकाले प्रतियोगिताको राष्ट्रिय रेकर्डको पनि मान्यता मिल्ने र उत्कृष्ट पुुरुष र महिलालाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध