सुर्खेत । दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्वर खड्काले ति पुरुषलाइ काेराेना संक्रमण भएकाे पुष्टी गरे ।
क्वारेन्टाइनमा रहेकाको स्वाब सुर्खेतमा परीक्षण गर्दा पोजेटिभ नतिजा आएपछि पुनः परीक्षणको लागी नेपालगंजस्थित भेरी अस्पतालमा सोमबार पठाइएको थियो । नेपालगंजमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनलाई कोरोना संक्रमण पुष्टी भएको डाक्टर खड्काले बताए । क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागी दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)






