जेनजी विद्रोहको क्षतिवारे बोल्यो सेना

काठमाडौं । जेनजी विद्रोहको ३५ दिनपछि पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले दुई दिनको अवधिमा ७६ जनाको मृत्यु हुँदा २२ जना प्रदर्शनकारीले ज्यान गुमाएको प्रस्टीकरण दिएको छ ।

मृतकदेखि सिंहदरबारको आगो’bout पृथक धारणा

युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा नेपाली सेनाले २३ र २४ भदौको जेनजी विद्रोहका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएका हुन् ।

मृत्यु हुनेमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको थापाले जानकारी दिए ।

६८८ सरकारी कार्यालय र २५० निजी घरमा क्षति
सेनाका अनुसार ४ सय ८४ स्थानमा भएको आन्दोलनमा ६ सय ८८ वटा सरकारी कार्यालय, २ सय ५० वटा निजी निवास, १ सय २८ वटा व्यापारिक प्रतिष्ठान, १ सय ८ वटा राजनीतिक दलका कार्यालय, ३ सय ७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

१५ हजार ५ सय ८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७ सय ९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ ।

सेनाले आन्दोलनकै क्रममा ९ सय ७८ थान हतियार हराएकामा ५ सय ८६ वटा फिर्ता ल्याइएको बताएको छ । उपरथी थापाले आन्दोलनका समयमा अवस्था अत्यन्तै तनावपूर्ण भएको भन्दै सेनाले कम घातक नियन्त्रण उपाय अपनाएको बताए ।

सिंहदरबार क्षेत्रमा भएको भीड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनले बताए । उनले राष्ट्रका प्रमुख संरचनाहरूको सुरक्षामा अझ सतर्कता अपनाइने र भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाए ।

सिंहरदरबारको आगो निभायौं
प्रमुख उपरथी थापाले सिंहदरबारमा लागेको आगलागीका बेला सेनाले तीन प्रमुख क्षेत्रलाई प्राथमिक रूपमा सुरक्षित राखेको बताए ।

सेनाले त्यतिबेला राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई मुख्य प्राथमिकता दिएर सुरक्षा दिएको उनको भनाइ छ । प्रमुख उपरथी थापाका अनुसार सेनाका जवान र दमकल टोली निरन्तर प्रयासरत रहेर आगो निभाउने क्रममा अर्थ मन्त्रालयको डेटा सेन्टर जोगाइएको हो ।

‘यदि डेटा सेन्टर जलेको भए, केही दिनभित्रै सम्पूर्ण सरकारी प्रणाली ठप्प हुने अवस्था आउँथ्यो, अहिले राज्यको तलब, भुक्तानी, लेखाजोखा सबै त्यहीँबाट सञ्चालन भइरहेको छ,’ उनले भने ।

६१ भीआईपीको हेलिकोप्टरबाट उद्धार
नेपाली सेनाले २४ भदौको जेनजी प्रदर्शनका क्रममा ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकोप्टरबाट उद्धार गरेको जनाएको छ । त्यस्तै, २३ जना प्रहरीको पनि सेनाले हेलिकोप्टरबाटै उद्धार गरेको थियो । सेनाले विभिन्न ढंगले फसेका थप १ सय २० जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

मंसिरमा नेपालमा विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ आयोजना हुने