लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत

काठमाडौँ । लक्ष्मीपूजा अर्थात् सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ । कुल प्रणाली माग २६ सय ६५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

गत वर्षको लक्ष्मीपूजामा १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणको भनाई छ । बढी बिजुली खपत गर्ने उद्योग बन्द हुने भए पनि हरेक घरदेखि उद्योगसम्म झिलिमिली बत्ती बालिन्छ ।

अहिलेका ऊर्जा मन्त्री तथा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ सालको लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेको घोषणा गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की