काठमाडौँ। जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका-३ घर भई काठमाडौँको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर रहेका हुन् ।
प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा गिरीलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका क्रममा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको थियो ।
गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ ।
उनीहरू दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)
सम्बन्धित समाचार
अख्तियारको अनुसन्धान घेरामा रहेका राठौर कसरी भए एआईजीमा बढुवा ?
चुलु फार इस्ट हिमालमा फहरायो सशस्त्र प्रहरी बल नेपालको झन्डा
बालिका करणी अभियोगमा ठाकुर पक्राउ
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
आन्दोलनमा उत्रिने सुकुम्बासी संघको चेतावनी
तिहार र छठमा बससेवाबाट टिकट काट्ने ३० जनालाई अब चाँदीको बिस्कुट
जेनजी विद्रोहको क्षतिवारे बोल्यो सेना
पिसाव फेर्न निस्केका साहको गोली प्रहार गरी हत्या






