प्रहरी जवानको हत्या आरोपमा थप दुई पक्राउ, अनुसन्धान तीव्र

काठमाडौं । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको ‘जेनजी आन्दोलन’ को क्रममा प्रहरी जवान उत्तम थापाको निर्मम हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । यससँगै प्रहरी हिरासतमा रहनेहरूको संख्या ८ पुगेको छ भने समग्रमा १२ जना यस घटनासँग जोडिएका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २२ वर्षीय प्रहरी जवान उत्तम थापाको हत्याको आरोपमा प्रहरीले सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ का २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ का २७ वर्षीय सौरभ तामाङलाई सुकेधारा क्षेत्रबाट सोमबार साँझ पक्राउ गरेको हो । सिसिटिभी फुटेजको गहन विश्लेषणका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान र प्राप्त भिडियो प्रमाणहरू अनुसार, पक्राउ परेका श्रेष्ठ र तामाङ दुवै प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न देखिन्छन् । साथै, उनीहरूले जवान थापामाथि आक्रमण तथा कुटपिट गरेको दृश्यहरू फुटेजमा स्पष्ट देखिएको प्रहरी स्रोतले बताएको छ ।

जेनजी आन्दोलनका बेला महाराजगञ्ज वृत्तकै असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो । यसअघि नै थापाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने ६ जनामाथि अनुसन्धान जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की