दुर्घटनामा ३ जनाको ज्यान गयो

पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ पिपलभञ्ज्याङ्गमा ईभी भ्यान दुर्घटना हुदा तिन जनाको ज्यान गएकोे छ । बुटवलबाट तानसेन हुदै छहरामेहालढापको लागी छुटेको लुम्बिनी प्रदेश ०१–००१ज ००९१ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी भ्यान चालक रैनादेवीछहरा ४ अमलाबासका ३४ बर्षिय कमल रायमाझी, सोही वडा म्यालढापका ४१ बर्षिय राम बहादुर गाहा र वडा नं. १ सिद्धेश्वरका ३७ बर्षिय मुक्त बहादुर बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले बताए ।

घाइतेहरूलाई दुर्घटनास्थलबाट उद्धार गरी पाल्पा जिल्ला अस्पातल पठाइएपनि अस्पताल मृत घोषणा गरेको थियो । जिल्ला दुर्घटना करिब साढे १० बजे भएको अनुमान गरिएपनि १ बजे मात्र प्रहरीलाई सूचना आएको थियो । भ्यान सडकबाट तिन सय पचास मिटर तल खसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै