Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ६ मुगुमा एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ

मुगुमा एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ

२०० जनाको स्वाव पिसिआर परिक्षण गरिँदै

,

मुगु । जिल्लास्थित खत्याड गाउँपालिकामा -यापिड परिक्षण गरिएका एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सोमबार गाउँपालिका मातहत बरातु क्वारेनटाइनमा बस्दै आएकी सोही गाउँपालिका वडा ३ की एक १८ बर्षीय युवतीको आरडिटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको खत्याड गाउँपालिका स्वास्थ्य शाखा उपसंयोजक हरि बुढाले फोन मार्फत बताए ।

गत बैशाख १९ गते सोरु गाउँपालिकाले काठमाडौंबाट उद्घार गरेर मुगु ल्याइएकाहरुसंग मुगु आएकी उनी ९ दिन जिल्ला सदरमुकाम गमगढी जिल्ला प्रहरी कार्यालयको दक्षिणतर्फ रहेको आफन्तको घरमा बसेर खत्याड गाउँपालिकामा रहेको आफनो घर जादा गाउँपालिकाले बरातु क्वारेन्टाइनमा राखेको थियो ।

गत बैशाख ४ गते विहिबार आरडिटी पोजेटिभ देखिएका व्यक्ति भन्दा यी युवतीमा लक्षण कोरोनासंग मिल्दो जुल्दो देखिएको र उनको स्वाव पिसिआर परिक्षणका लागि मंगलबार स्थलमार्गबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने तयारी भैरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निर्मल नगरकोटीले बताए ।

कोरोना शंकास्पद युवती जिल्ला सदरमुकाम गमगढीमा रहँदा उनी बसेको घर वरिपरी र आफन्तहरु १५ जनाको आजै आरडिटी परिक्षण गर्दा उनीहरुको रिर्पाेट नेगटिप आएको पनि डाक्टर नगरकोटीले बताए । यसअघि आरडिटी पोजेटिभ आएका व्यक्तिको पिसिआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।

सोमबारसम्म मुगुमा ३६० जनाको आरडिटी परिक्षण गरिएकोमा ३५८ जनाको नेगेटिभ, २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ११ जनाको पिसिआर परिक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको छ । आज आरडिटी पोजेटिभ देखिएको एक व्यक्तिको र अन्य २ सय जनाको स्वावको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको छ ।

२०० जनाको स्वाव पिसिआर परिक्षण गरिदै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटिएको चिकित्सकसहितको टोलीले मुगुका सोरु र मुगुम कार्मारोङ्ग गाउँपालिकाहरुमा जिल्ला बाहिर र भारत तथा तेसो्र मुलकबाट आएका व्यक्तिहरुको स्वाव संकलन गरेको छ । संकलित २०० जनाको स्वावको कोरोना भाइरस परिक्षणका लागि मंगलबार हेलिकप्टरमार्फत कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिन लागेको स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराए ।

यी गाँउपालिकाका स्थानियहरु जिल्ला बाहिरबाट गत बैशाख महिनामा गाउँपालिकामा भित्रिएपछि स्थानियहरुको त्रास सृजना भएपछि कणाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना परिक्षणको दायरा फराकिलो बनाउने भन्दै प्रदेश भरीका विभिन्न स्थानिय तहहरुमा कोभिड १९ परिक्षण गर्न स्वाव संकलनका लागि चिकित्सकसहितको स्वास्थ्य टोली खटाएको थियो । मुगुका सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकाहरुमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले संकलन गरेको स्वाव पिसिआर परिक्षणका लागि जुम्ला पठाउन थालेको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा नगरकोटीले बताए ।

सोरु र मुगुम भन्दा कोरोनाको जोखिममा रहेका छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाहरुमा पिसिआर परिक्षणको दायरा बढाउन अनुरोध गदै पत्रमार्फत तथा मौखिम माग गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला बताउँछन् । ‘प्रदेशले खै के आधारमा सोरु र मुगुम छान्यो त्यो थाहा भएन, कोरोना जोखिमका हिसाबले क्रमश खत्याड, सोरु र छायाँनाथ रारा स्थानिय तहहरु देखिन्छन् यी पालिकाहरुमा पिसिआर परिक्षण बढाउनु पर्ने हो’, उनले भने । यी पालिकाहरुमा काठमाडौंलगायत भारत र तेसो्र मुलकबाट अधिक संख्यामा स्थानियहरु भित्रिएका छन् ।

(Visited 282 times, 1 visits today)
Loading comments...

आजको समाचार

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

साताका लोकप्रिय समाचार

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण

एजेन्सी । कांग्रेस आईका नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।...

छतमा छठ मनाइयो

सप्तरी, राजविराज । कोरोना संक्रमणका कारण भिडभाड नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि सप्तरीका कतिपय श्रद्धालुले घरको छतमै जलाशय बनाई चैती छठ पर्व मनाएका छन्...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

ट्रेन्डिङ

पत्रकार गुरुङलाई युकेबाट ३ लाख ५६ हजार सहयोग

पोखरा । मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहेका सञ्चारकर्मी राजबहादुर गुरुङलाई बेलायतबाट प्राप्त ३ लाख ५६ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको छ । सञ्चारकर्मी गुरुङको...

महिला संघको देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई उन्मुक्ति दिन नहुने र...

स्कुल अफ डेमोक्रेसीको अध्यक्षमा पत्रकार अधिकारी मनोनित

तनहुँ । स्कुल अफ डेमोक्रेसीको अध्यक्ष पदमा नेपाल पत्रकार महासघका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी मनोनित भएका छन्। बिश्व आमूल परिवर्तन र सिकाईका लागि स्थापना गरिएको...

विद्युतीय सवारी सञ्चालन गर्ने सरकारको योजना अलपत्र

काठमाडौं । सरकारको विद्युतीय सवारी सञ्चालन गर्ने योजना अलपत्र परेको छ । चालू आर्थिक वर्ष २०७६-७७ को बजेटमा काठमाडौं उपत्यका र सातै प्रदेशका मुख्य...

सबैको ध्यान अब एमिकस क्युरीतर्फ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी)ले मंगलबारबाट बहस सुरु गरेका छन् । नेपाल बारको तर्फबाट एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता बद्रीकुमार...

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको भर्चुअल अन्तक्र्रिया

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधानसँग बाझिने र सुरक्षा स्वार्थ जोडिएको विदेशी सहयोग एवं सहायता नेपालले अस्वीकार गर्ने...

बाबुरामकाे मुद्दा, जनलोकपाल गठन नगरी सुखै छैन

सत्तारुढ दल नेकपाका नेताहरुको नयाँ फण्डा सुरु भएको छ दुई दिनदेखि । ‘मैले दशैं भत्ता फिर्ता गरेँ’ आशयको विज्ञप्ति सामाजिक सञ्जालमा पोष्ट गर्ने ।...

वसन्त र राजको कोरोनाविरुद्ध गीत

काठमाडौं । कवि एवं गीतकार वसन्त चौधरीले कोरोना भाइरसविरुद्धको सन्देशमूलक गीत ल्याएका छन् । उनको यो गीतलाई गायक राज सागरले गाएका छन् । उनको यो...

सर्लाहीमा थपिए ११ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीमा आज (बुधवार) विभिन्न पालिकाहरु गरी ११ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएको छ । थपिएको कोरोना संक्रमितहरु बरहथवा नगरपालिका, गोडैता नगरपालिका र...

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट प्रधानमन्त्री एवं अध्यक्ष ओलीको...

निषेधाज्ञा खुकुलो भएपछि पर्सामा कोरोना संक्रमित बढ्न थाले

वीरगन्ज । पर्सा जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित थपिने क्रम फेरी बढ्न थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टको हरेक २४...

कोरोना संक्रमित महिला सम्पर्कविहीन

त्रिशूली । नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)