इन्द्रदल गुल्मद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाले मनकामना परिसरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको इन्द्रदल गुल्मको आयोजना तथा श्री २ नम्बर गुल्म धनकुटाको सहकार्यमा दुई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाली सेनाको इन्द्रदल गुल्मले खाँदबारी–९, तुम्लिङटार स्थित अरुण किनारामा रहेको ऐतिहासिक तथा धार्मिक स्थल मनकामना धामको एकादशी मेलामा दुई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

एकदशी मेलामा २०८२ को अवसरमा आउने श्रद्धालु भक्तजन तथा आगन्तुहरुका लागि स्वास्थ्य सेवा दिने उद्देश्यले दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको इन्द्रदल गुल्मका सेनानी नवराज बस्नेतले जानकारी दिए । नेपाली सेना र नागरिकबिच पारस्परिक सम्बन्ध बढाउने उद्देश्य सहित श्रद्धालु भक्तजन तथा आगन्तुहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य शिविरमा जेनेरल ओपिडी,स्वास्थ्य परिक्षण र निशुल्क औषधी वितरण गरिएको गुल्मका सेनानी बस्नेतले बताए । स्वास्थ्य शिविरमा एक जना १६ जना लाभान्वित भएको इन्द्र दल गुल्मले जनाएको छ । निशुल्क स्वास्थ्य शिविरमा ६२ जना पुरुष, ५४ जना महिलाले उपचार तथा स्वास्थ्य परिक्षण गरेको सेनानी बस्नेतले बताए ।

स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएको नेपाली सेनाले जनाएको छ । पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा हरेका बर्ष हरिबोधनी एकादशीको अघिल्लो दिन ठूलो मेला लाग्ने गरेको छ । नेपाली सेनाको स्वास्थ्य उपचार सेवा पाएपछि स्थानीयले खुसी व्यक्त गरेका थिए । मनकामना परिसरमा स्वास्थ्य शिविर आयोजनाले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई सहजता भएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।

चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठुलो मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुम लगायतका जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह