सुनचाँदीको मूल्य घट्यो, कतिमा भइराखेको छ आज कारोबार ?


काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार र चाँदी चार हजार ३६० रुपैयाँ कायम भएको थियो । बिहीबार एक तोला सुन दुई लाख ८४ हजार र चाँदी चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

पेरुमा नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु