गण्डकी प्रदेश सभाको बैठक बस्ने

पोखरा । जेनजी आन्दोलनका क्रममा संसद् भवन आगजनीले ध्वस्त बनेपछि स्थगित हुँदै आएको गण्डकी प्रदेश सभाको बैठक अन्ततः २४ कात्तिकलाई तोकिएको छ । प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले मंगलबार एक सूचना जारी गर्दै यही २४ कात्तिक दिउँसो १ बजे संसद् बैठक बस्ने जनाएका हुन् ।

यसपालि संसद् भवन पोखरा–५, मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्नेछ । त्यसका लागि आवश्यक मर्मत सम्भार लगायतका कार्य गरिएको सचिव पौडेलले जनाए ।

गत २५ भदौका लागि डाकिएको संसद् बैठकले २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले नदीपुरस्थित प्रदेश सभा भवनमा तोडफोड र आगजनी गरेपछि अनिश्चितकालका लागि स्थगित हुँदै आएको थियो ।

पुनः गत २२ असोजमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा तोकिकएकोमा राजनीतिक घटनाक्रमले एक्कासि स्थगित गरिएको थियो ।

सभामुख कृष्णप्रसाद धितालले जेनजी आन्दोलन र पछिल्ला राजनीतिक परिस्थितिले नयाँ ठाउँमा बैठक सञ्चालन गर्न केही समय लागेको स्पष्ट पारे ।

गण्डकी प्रदेशसभा ६० सदस्यीय हो । तर, मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङमाथि ज्यान मार्ने मुद्दामा दोषी ठहरपछि उनी हाल कारागार छन् ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी