काठमाडौं । गायिका अञ्जना गुरुङले शुक्रवार अपराह्न आफ्ना एकल दर्जन गीतहरू सुनाएर दर्शकको मन जितिन् । संयुक्त राज्य अमेरिकाबाट लामो समयपछि नेपाल आएकी उनी काठमाडौँ बसाइको क्रममा आफ्नो एकल साँझका साथ दर्शकमाझ शुक्रवार प्रस्तुत भएकी हुन् ।
काठमाडौँको कालिका स्थानमा रहेको सर्वनाम थिएटरमा अञ्जनाका गीत सुन्न हलभरि दर्शक थिए । सुरुममा उनको गायन यात्रा’bout संगीतकार सन्तोष श्रेष्ठले कार्यक्रममा प्रकाश पारे ।
लामो समयपछि काठमाडौँमा दर्शकमाझ एकल साँझमा प्रस्तुत हुँदा आफू केही नर्भस भएको अनुभव सुरुमा अञ्जनाले सुनाइन् । सोही क्रममा उनले आफ्नै जीवनमा पहिलो पटक रेकर्ड गरेको गीत आँखैमा राख्छु मेरो देश…बाट एकल साँझ सुरु गरिन् । यो पहिलो गीतमा उनलाई एक दर्जन नृत्य कलाकारहरूले नृत्यसहित साथ दिएका थिए । एक घण्टा भन्दा लामो समयसम्म चलेको गायन कार्यक्रममा उनले एकपछि अर्को गर्दै गीतहरू सुनाउँदै गइन् । सो क्रममा दर्शकहरू उनको माधुर्य गीतहरू प्रति मोहित देखिएका थिए ।
टिका गोपाल.एम् क्रियशनले ‘अञ्जना गुरुङ एकल सांगीतिक साँझ –२०८२’ को योजनामा गरेको थियो । गीत प्रस्तुतिको क्रममा ती गीतको रचना र रेकर्ड’bout पनि रमाइला अनुभव उनले बताउन भ्याइन् । कार्यक्रममा उनले एउटा गुरुङ भाषाको गीतसहित म त काली सुन्दरी, बदनाम भए म तिम्रै कारणले, आँधी सरी तिम्रो माया, ठ्याक्कै भेटौँला, नजर नजरको, जसले मुटु चुँडेर लग्यो, माइला रोदी घरमा, मान चाहे नमान तिमी मेरो हौ जस्ता गीतहरू प्रस्तुत गरिन् ।
गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार– २०८२’ अग्रज लोक गायक तथा सञ्चारकर्मी कमल बिक ‘निर्मोही’लाई सोही कार्यक्रममा प्रदान गरियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको थियो । मिर्गौलाको समस्याबाट लामो समयदेखि पीडित निर्मोहीलाई आर्थिक रूपमा समेत केही सहयोग होस भनेर सो पुरस्कार प्रदान गरिएको संगीतकार कन्हैयाले कार्यक्रममा बताए । सो पुरस्कार निर्मोही उपचार कोष संकलन संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए ।
सम्बन्धित समाचार
एकल साँझमा प्रस्तुत हुँदै अञ्जना गुरुङ
‘जेरी अन टप’ले बनायो नवौँ दिनमा नयाँ रेकर्ड
बहिष्कारबीच पनि कन्सर्टमा उत्रिए सोनु निगम
च्याब्रुङमाथि कथा लेख्दा ‘जारी २’ बन्यो भन्छन् उपेन्द्र
‘मन बिनाको धन’ लाई युनिभर्सल प्रमाणपत्र
हलिउडकी दिग्गज अभिनेत्री डायनेको निधन
चलचित्र घरमा ‘जारी २’ सँगै ‘मन विनाको धन’
‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण






