सुनकोशी गाउँपालिकाकाले दिने भयो स्वास्थ्यकर्मी र कर्मचारीलाई ७० प्रतिशत प्रोत्साहन भत्ता

सिन्धुपाल्चोक । लक डाउनको समयमा स्थानीयको स्वास्थ्य उपचारमा खटिने सुनकोशी गाउँपालिकाका सबै स्वाथ्यकर्मीहरुलाई अहिले खाइपाइ आएको तलबमा ७० प्रतिशत थप सुविधा उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको छ ।

स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नका लागि गाउँपालिकाको बैठकले गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

लकडाउनपछि कार्यालयको दैनिक कामकाजमा खटिएको कर्मचारीहरुका लागि पनि गाउँपालिकाले ७० प्रतिशत नै प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिए ।

कोरोना संक्रमणको समयमा फिल्डमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको कोरोनाका कारण निधन भएमा एक मुष्ट ५ लाख रुपियाँ सहयोग गर्ने पनि गाउँपालिकाले निर्णय गरेका छ । साथै स्वास्थ्यकर्मी र कर्मचारीका छोरो छोरीहरुलाई उच्च शिक्षा सम्मको छात्रावृत्ति उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष जिसीले जानकारी दिए ।

संक्रमणको समयमा पनि स्वास्थ्यकर्मी र कर्मचारीहरु खटिनै रहनु भएको छ,उहाँहरुको मनोबल उच्च राख्नका लागि हामीले यस्तो निर्णय गरेका छौ अध्यक्ष जिसीले भने । यो निर्णय पछि स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा काम गर्नका लागि थप सहयोग पुग्ने सुनकोशी गाउँपालिका ६ का अध्यक्ष रामकुमार थापाले बताए ।

सुनकोशी गाउँपालिकाले यस अघि राजधानीमा बसोबास गर्दे आएका आफ्ना नागरिकहरुलाई बसोबास गरिरहेकै स्थानमा पुगेर खाद्यन लगायत अन्य सामग्री सहयोग गरेको थियो । दिर्घ रोगीहरुका लागि औषधी खरिदका लागि नगद समेत सहयोग गरेको गाउँपालिकाले कोरोना जोखिम बाट बचाउनका लागि चेतनामुलक कार्यक्रम र सबै बस्तीमा स्वास्थ्य सामग्री समेत वितरण गरेको सुनकोशी गाउँपालिका ७ का अध्यक्ष इश्वर तिमिल्सिनाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन