काठमाडौं । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको बचाउमा समर्थकहरु पनि धर्नामा उत्रिएका छन् । मुख्यमन्त्री यादवलाई विपक्षी दलहरुले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित समर्थकहरु धर्नामा बसेको हुन् । जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरु धर्नामा बसेका छन् ।
संविधानलाई रक्षा गरौं र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै आफूहरु धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताए । सर्वोच्च अदालतमा यादव नेतृत्वको सरकार गठन संवैधानिक नरहेको भन्दै काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
यही विवादमा गत मंगलवार अन्तरिम आदेशसमेत जारी भएको थियो । सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो । सर्वोच्चमा मुख्यमन्त्री नियुक्तिको विवाद सम्बन्धी रिटको सुनुवाई जारी रहेको समयमा धर्ना तथा आन्दोलनको कार्यक्रम गरेर ७ दलिय गठबन्धनले मुख्यमन्त्री यादवले काममा अवरोध सिर्जना गरिरहेको मुख्यमन्त्री यादवका समर्थकहरुको आरोप छ ।
सम्बन्धित समाचार
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा
मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुर तनावग्रस्त
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन
मिथ्या सूचनामा निगरानी, हरित निर्वाचनमा जोड
उपचारबाट फर्केलगत्तै कांग्रेस सभापति देउवा भेटघाटमा सक्रिय
मधेश भवन अगाडि आज सातौं दिन पनि सांसदहरु धर्नामा






