इटहरीमा ९ दिनदेखि हराएकी मञ्जुको शव सर्दुको खोल्सामा

काठमाडौं । इटहरी उपमहानगरपालिका-२ की ३५ वर्षिया मञ्जु पौडेल निरौला मृत अवस्थामा फेला परेकी छन्। सर्दु जलाधारअन्तर्गतको खोल्सामा शव फेला परेको हो । प्रहरीले घटनास्थल हेर्दा शंकास्पद देखिएको जनाएको छ ।

घटनास्थलको अवस्था शंकास्पद देखिएकाले प्रहरीले प्रारम्भिक निष्कर्ष ननिकाली विस्तृत अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार स्थानीयले आज बिहान खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुगमनपछि घटनाको प्रकृति सामान्य नभएको प्रहरीको भनाइ छ।

गत कार्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएकी पौडेल घर नफर्केपछि उनको परिवारजनले त्यही दिन इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि लिखित निवेदन दिएका थिए। परिवारले बेपत्ता भएको जानकारी दिए लगत्तै प्रहरीले खोजतलास थालेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार